Logo

२०८३, श्रावण ३०गते


images
images

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : डा. बाबुराम भट्टराई

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : डा. बाबुराम भट्टराई

images
  • नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : डा. बाबुराम भट्टराई
    images
    images

    काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् ।

    images
    images
    images

    बिहीबार काठमाडौँमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

    images
    images
    images

    उनले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेसाको रूपमा नभई अभियानको रूपमा अङ्गाल्नुपर्ने बताए । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकूल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताए ।

    images
    images
    images

    अध्यक्ष भट्टराईले भने ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । यो पेसा सामान्य जीवनयापनको पेसा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान् अभियान र कर्म पनि हो । तर दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हाम्रो जस्तो गरिब देशले ब्रेन ड्रेन अर्थात् बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ । त्यसअर्थमा आर्किटेक्टहरू प्लानरहरुको अगामी दिनमा हाम्रो जस्तो विकासशील र विकासोन्मुख देशले र पर्यावरणीय हिसाबले पनि पहाड, हिमाल र तराई भएको विविधतायुक्त देशमा अगामी दिनमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूलाई, प्रविधिहरूले ल्याएका चुनौतीहरूको समेत सामना गर्नुपर्ने कुरामा आर्किटेक्ट जस्तो पेसालाई समयानुकूल सदुपयोग गरेर आफ्नै देशमा त्यो जनशक्तिलाई परिचालन गर्दै जानुपर्दछ । नेपाल राज्य आफैँ नै पूर्वी र पश्चिमी सभ्यताको बीचमा रहेको छ । संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरू यहाँ छन् ।’

    अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरू रहेको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।