काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गरेको छ।
पाँचौ खेलमा पहिलो जित निकाल्ने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले सानदार प्रदर्शन गरे। ब्याटिङमा ८० रन बनाएका रोहितले बलिङ तर्फ ४ विकेट लिंदै टिमको जित पक्का गरे ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि लक बेनकेन्स्टाइनले ३१ रन तथा कप्तान कुशल मल्लले २० रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा रभि बोपराको १२ रन र सन्तोष कार्कीको १० रन बनाएका थिए।
लुम्बिनीका लागि कप्तान रोहितले आफ्नो ४ ओभरको स्पेशलमा १७ रन खर्चिएर ४.२५ को इकोनोमीमा ४ विकेट लिए। त्यस्तै रामोन सिमोन्ड्सले २ विकेट लिंदा अभिषेक गौतम र सादबिन जफरले समान १-१ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। लुम्बिनीको उच्च स्कोरमा कप्तान रोहितले ८० रनको सानदार इनिङ खेलेका थिए । जारी एनपिएलमा सर्वाधिक कम इनिङमा २०० रनको आँकडा पुरा गर्ने खेलाडी बनेका रोहित प्रतियोगितामा ब्यक्तिगत दोस्रो अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने। उनी अघि दुई पटक अर्धशतक प्रहार गर्ने रभि बोपरा रहेका थिए।
रोहितले चितवन विरुद्ध ८० रनको इनिङ खेलेसँगै जारी प्रतियोगितामा कुल २ सय ६१ रन बनाएक छन्। उनी प्रतियिगतामा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । लगतार विकेट गुमाएको लुम्बिनीलाई रोहितले समाल्दै पाँचौ विकेटका लागि सादबिन जफारसँग सानदार साझेदारी गरे। जफार र रोहितले पाँचौ विकेटका लागि १ सय १४ रनको साझेदारि भएको थियो।
पाँचौ विकेटका लागि भएको यो साझेदारी प्रतियोगिताकै उच्च हो। रोहित ५७ बलमा६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भए। त्यस्तै साद बिन जफरले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकीय इनिङ खेल। यि दूई बाहेक अर्जुन साउदले १० रन बनाउँदा टोम मोर्सले १० रन बनाए । चितवनका लागि रिजन ढकालले २ विकेट लिंदा कुशल मल्लर रन्जित कुमारले १-१ विकेट लिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology