Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव

नवौं देवदह महोत्सव : टोलविकास संस्थाहरु विच समन्वयात्मक बैठक

नवौं देवदह महोत्सव : टोलविकास संस्थाहरु विच समन्वयात्मक बैठक

images
  • नवौं देवदह महोत्सव : टोलविकास संस्थाहरु विच समन्वयात्मक बैठक
    images
    images

    देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत टोलविकास संस्थाहरु विचको समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा नगरपालिकाको वडा नं ७ र ९ अन्तर्गत रहेका टोलविकास संस्था र स्थानीय प्रगति सामुदायिक वनका प्रतिनिधिहरु विच मेलालाई व्यवस्थित र सफल पार्नका लागि आ–आफ्नो क्षेत्रबाट भुमिका निभाउने विषयमा छलफल भयो ।

    images
    images
    images

    देवदह व्यापार संघको आयोजनामा आगामी माघ १० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउने विषयमा बैठकमा छलफल भएको टोल विकास संस्था समन्वय उपसमिति संयोजक भिमलाल काफ्लेले जानकारी दिए । ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको अध्यक्ष कोषबहादुर गुरुङले जानकारी दिए ।

    images
    images
    images

    ‘यस पटक करिव डेढ महिना अघि बाटै पदर्शनी स्थलमा स्टल र बाउण्ड्रीको काम सुचारु भइसकेको छ ।’ अध्यक्ष गुरुङ्गले भने, ‘कार्यक्रम समुद्घाटन हुने दिन भन्दा एक साता अगावै मेलाका सम्पूर्ण तैयारी पुरा गर्नेछौं ।’ संघले मेला सम्पन्न गर्नका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन गरिसकेको जनाएको छ ।

    images
    images
    images

    मेलालाई व्यवस्थित र मर्यादिन बनाउनका लागि संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग संयोजक र बरिष्ठ उपाध्यक्ष माधव ढकाल सह–संयोजक रहेको ३४ सदस्यीय मुल आयोजक समिति निर्माण गरएको महासचिब हरिलाल भण्डारीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।