Logo

२०८३, श्रावण ३०गते


images
images

विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

images
  • विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
    images
    images

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोड्यो ।

    images
    images
    images

    विराटनगर किंग्सका बसिर अहमदले आक्रामक ब्याटिङ गरे । बसिरले नट आउट ६८ रनको आक्रामक पारि खेले । ४३ बल सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

    images
    images
    images

    मार्टिन गुप्टिलले ४५ रन बनाए । उनले ३५ बलमा ४ छक्का र १ चौका प्रहार गरे ।

    राजेश पुलामी मगरले पनि ३३ रनको आक्रामक ब्याटिङ गरे । उनले २० बलमा ३ छक्का र १ चौका हिर्काए ।

    ओपनर लोकेश बम शून्य रनमा बोल्ड हुँदा स्कट एडवर्ड्स पनि शून्य रनमा क्याच आउट भए ।

    दीपक बोहराले ४ र निकोलस किर्टनले ८ रनको योगदान दिए ।

    बलिङमा भने चितवनका रिजन ढकालले सर्वाधिक २ विकेट लिए । सोहेल तनवीर, बासिल हमिद, कुशल मल्लले समान १–१ विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।