Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य

पोखराले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य

images
  • पोखराले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज बिहानको खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनायो ।

    images
    images
    images

    पोखरा कुशल भुर्तेलको र काठमाडौंका करण केसीले कप्तानीमा मैदानमा उत्रिएका छन् । प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको आजको खेललाई महत्त्वका साथ हेरिएको छ।

    images
    images
    images

    एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। आजको खेलमा पराजित टिम प्रतियोगिताबाट बाहिरिने पक्का छ भने विजयी टिमको प्लेअफ सम्भावना अन्य टिमको गतिमा भर पर्नेछ।

    दुवै टिमले समान ५ खेल खेलिसकेका छन्। यी टिमको समानता भनेकै चार अंक जोड्दा दुई जित र तीन हार हो। आजको खेल सकिएपछि दुवै टिमले एकएक खेल खेल्न बाँकी हुनेछ। प्लेअफमा पुग्ने सम्भावना दरिलो बनाउन दुवै टिममाथि जित्नैपर्ने दबाब छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।