देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को तयारीको क्रममा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको छ । सोमवार मिडिया समन्वय उपसमितिको आयोजनामा स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियाको क्रममा मिडिया समन्वय उपसमितिलाई पूर्णता दिइएको छ । मिडिया समन्वय उपसमितिका संयोजक पवन पौडेलको अध्यक्षता र देवदह व्यापार संघका अध्यक्ष महोत्सव एवम् मूल समारोह समितिका संयोजक कोषबहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा भएको बैठकले मिडिया समन्वय उपसमितिका सहसंयोजक, सदस्य तथा सल्लाहकार चयन गरेको छ ।
देवदह क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता रहेको बैठकले उपसमितिको सह–संयोजकमा दिपक न्यौपाने, सदस्यहरुमा कमला अर्याल, निर्मल थापा, धु्रव लामिछाने, सुरज भट्टराई र झमन थापालाई मनोनित गरेको छ । यसैगरी उपसमितिको सल्लाहकारमा विष्णुप्रसाद पोखरेल, भिमप्रसाद गुरुङ्ग, झविन्द्र देवकोटा, तिलोचन दहाल र गोविन्द घर्तीलाई मनोनित गरेको संयोजक पौडेलले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै मेला मुला आयोजक समिति संयोजक गुरुङ्गले महोत्सव सवैको साझा भएको बताउदै त्यसलाई सम्पन्न गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । ‘महोत्सवले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पु¥याउनेछ त्यसैले सम्पूर्ण मिडियाकर्मीहरुले महोत्सवलाई महत्वका साथ सुचना र समाचार सम्प्रेण गर्नको लागि आग्रह गर्दछु ।’ उनले भने, ‘महोत्सवमा आउने विशेष पाहुनाहरुलाई देवदहमा रहेका ऐतिहासिक स्थलको समेत अवलोकन गराईनेछ, यो अर्थमा पनि महोत्सवले देवदहको पर्यटन प्रवद्र्धनमा विशेष महत्व राख्दछ ।’
संयोजक गुरुङ्गले विगतको भन्दा अहिलेको महोत्सव फरक ढंगले संचालन गर्न लागिएको जानकारी दिए । बैठकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित सह–सचिव झविन्द्र देवकोटा, देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेल, देवदह साप्ताहिकका प्रकाशक तिलोचन दहाल, रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती लगायतले आ–आफनो भनाई राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology