देवदह । नेपालमा स्थानीय निकायहरुलाई बालमैत्री बनाउने महत्वाकांक्षी अभियान सुरु गरेको लगभग दशक वितिसकेको छ ।
जनआन्दोलन पछि नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्वन्धी महासन्धि‚ १९८९ लाई सन् १९९० मा अनुमोदन गरी आफुलाई पक्ष राष्ट्रको पङ्तीमा उभ्याए पछि यो अवधारणाले जन्म लिएको हो । यही अनुरुप बिसं २०६८ मा बालमैत्री स्थानीय शासन रणनीति नेपाल सरकारले बनायो र त्यसै बर्ष बालमैत्री स्थानीय शासन कार्यविधि‚ २०६८ तर्जूमा गरी कार्यान्वयनमा ल्यायो । यीनै नीति र कानुनी दस्तावेज अनुसार नेपालका स्थानीय निकायहरुलाई बालमैत्री बनाउने अभियान तिब्र गतिमा अगाडि बढाए ।
नेपालको संविधानको धारा ३९ ले बालबालिकाको हक सम्बन्धी व्यवस्था गरेको छ । यसले बालमैत्री स्थानीय शासनका निश्चित सूचकहरु पूरा हुनुपर्ने कुरा सुनिश्चित गरेकोछ ।
प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुने‚ प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा‚ स्वास्थ्य‚ पालन पोषण‚ उचित स्याहार‚ खेलकूद‚ मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुने‚ कुनै पनि बालबालिकालाई कलकारखाना‚ खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने‚ बाल विवाह‚ गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्ने जस्ता बाल हिंसा‚ शोषण‚ दुर्व्यवंहार गर्न नपाइने‚ उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनैप्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने भनी नेपालको संविधानमा उल्लेख भएका विषयहरुसंग सम्वद्ध सूचकहरु बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका सूचकका रुपमा रहेका छन् ।
यसैक्रममा नवलपरासी जिल्ला सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री नगर घोषणा भयो । यस बाहेक दर्जनौ स्थानीय निकायहरु बालमैत्री सूचक पुरा गर्दै बालमैत्री स्थानीय निकाय घोषणा भएका छन् भने केहि हुने क्रममा छन् । ।
यता लुम्बिनी प्रदेशमा रहेको देवदह नगरपालिकाले विगत ६ वर्ष देखि बालअधिकारको क्षेत्रमा बालमैत्री स्थानीय शासन कार्यक्रम संचालन गर्दै आइरहेको छ । तर यतिका समयसम्म पनि देवदह नगरपालिका बाल मैत्रि बन्न सकेको छैन । बालमैत्री स्थानीय शासन घोषणा हुन बालमैत्री स्थानीय शासन कार्यविधि अनुसार ३९ सूचक पुरा गर्नु पर्दछ ।
नगरपालिकाले आचार संहिता‚ बाल प्रोफाइल जस्ता काम गर्न पर्ने हुन्छ हाल देवदह नगरपलिकामा प्रत्येक वडा‚ बिद्धालयमा बाल कलब गठन भएपनि कम भनेहुन सकेको छैन ।
'बालविवाह मुख्य समस्या हो' - नगर बालसन्जाल अध्यक्ष निशा न्यौपाने
निशा न्यौपानेले नगरपालिकाकै कर्मचारीलाइ फोकल प्रसन राख्दा काम सम्पन्न गर्न नसकेको बताइन् । नगरपालिकाको कर्मचारीलाइ फोकल पर्सन राख्दा उनीहरु सरुवा‚ पालिकाको जिम्मेवारी लयायत काम हुने भएकाले बालबालिकाको क्षेत्रमा समय दिन नसक्दा अलि पछि परेको उनको भनाई छ ।
बेलाबेलामा फोकल पर्सन परिवर्तन हुदा बालबालिकाको क्रियाकलाप नगरपालिकासम्म पुराउन गारो भएको उनको ठम्याई छ । उनले देवदह नगरपालिका बालमैत्री हुन नसकेको प्रमुख कारण बाल विवाह रहेको समेत बताइन । केहि समुदायको आफ्नै प्रथा र केहीलाई बालबिबाह गर्न हुन्न भन्ने थाहा हुदा हुदै पनि गरेको समेत देवदहमा घटना छ ।
न्यौपानेले छिमेकि सुनवल नगरपालिका बाल मैत्री भैसक्दा पनि यता देवदह नगरपालिकामा खासै प्रभावकारी काम हुन नसकेको सेतोमसीलाई बताइन् ।
'कोरोनाका कारण काम हुन पाएन' - युवा, खेलकुद तथा शिक्षा प्रमुख शर्मा
देवदह नगरपालिका शिक्षा शाखाका प्रमुख टिकाराम शर्माले समयमा बालमैत्रीको सूचक पुरा गर्न नसक्दा घोषणा गर्न नसकेको बताए । उनले कोरोना महामारीको कारण दुइ बर्ष काम हुन नसेको र कोरोना माहामारी अन्त्य भए लगतै पुन काम हुने बताए । उनले देवदहमा हुने बालबिवाहका धरै घटना रोकेको र बाल श्रमको लागि गत बर्ष होटेलहरुमा पोस्टर र स्टिकर टाँस्ने काम सम्पन्न गरेको समेत जानकारी दिए ।
देवदह क्षेत्रमा कुनै विद्यार्थी गरिबीकै कारण पढ्न नपाए नगरपालिकालेनै व्यवस्था गरिदिने समेत शर्माले सेतोमसीलाई बताए ।
बेलाबेलामा देवदहका शिक्षकद्वारा विद्यार्थी कुटपिट, जनप्रतिनिधिकै सहभागितामा बालबिवाह जस्ता घटनाले देवदहलाइ कतै बाल मैत्रीनगर बन्न रोकेको त् हैन ? बालबालिका भविष्यका कणदार यिनीहरु सहि दिशा तर्फ डोराउने नसक्ने हो भने समाज सहिबाटोमा अगाडि जान सक्ने छैन ।
(सेतोमसीका लागि सहकर्मी रेशम अधिकारी र नवीन लुइँटेल तयार पारेको रिपोर्ट)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology