देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८१ को उद्घाटन समारोहमा १५ हजार बढि सहभागि जुटाउने आयोजकले तयारी गरेको छ । मेलाको जनचेतना ¥याली, संघसंस्था क्लव तथा जनसम्पर्क व्यवस्थापन उपसमितिको बैठकमा उक्त सहभागिता जुटाईने बारे जानकारी गराइएको हो ।
बैठकमा उपसमितिको तैयारी बारे जानकारी दिदै संयोजक विष्णु ज्ञवालीले हरेक वडाबाट कार्यक्रम समुद्घाटन सत्रमा उल्लेख्य सहभागिता जुटाउने गरि काम भईरहेको बताए । ज्ञवालीका अनुसार सो का लागि वडागत रुपमा जिम्मेवारी समेत बाँडफाड गरिएको छ । जस अन्गर्तत वडा नं १, ११ र १२ को लागि केशमाया श्रेष्ठ, २, ३ र ४ मा लक्ष्मी सिग्देल, यममाया ज्ञवाली, सीता पोखरेल र गायत्री अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै वडा नं ५ को लागि शोभा थापा र हरि पौडेल, वडा नं ६ को लागि मिलन मास्की राना, बिन्दु थापा र वडा नं ७ का लागि सावित्री बस्याल र प्रेमकला ढकाल रहेका छन् । त्यसैगरि वडा नं ८ को लागि देवु भट्टराई, वडा नं ९ को लागि पिताम्बर खराल र लक्ष्मी विक तथा वडा नं १० मा फुलमाया राना र सुन्दरी गिरीलाई जिम्मेवारी तोकिएको संयोजक ज्ञवालीले जानकारी दिए ।
यसैविच मेलाको तयारी स्वरुप नगरको वडा नं ३ र ४ का टोल विकास संस्थाका अध्यक्षहरुसँगको संयुक्त बैठक सम्पन्न भएको छ । टोल विकास संस्था व्यवस्थापन समितिका संयोजक भिमलाल काफ्लेको अध्यक्षतामा भएको बैठकले मेलालाई सफल पार्न रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाएको मेला सचिवालयले जनाएको छ ।
‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित आगामी माघ १० देखि २२ गते सम्म देवदह मण्डप घोडाहामा महोत्सव सञ्चालन हुँदैछ ।
महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको मुल आयोजक समितिका अध्यक्ष कोषबहादुर गुरुङ्कले जानकारी दिए । करिव १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङ्कले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology