कृष्ण अन्जान, रिडी । विध्यालय स्थापनाको एक सय नौ वर्ष पुरा गरेको छ तर गुल्मी जिल्लाको जेठो शैक्षिक संस्थाको रुपमा रहेको संस्कृत माध्यमिक विध्यालय रिडीलाइ आफ्नो अस्तित्व रहने हो की होइन भन्ने चिन्ताले पिरोलेको छ ।
भारतिय सहयोगमा वनेको सुविधा सम्पन्न भवन, डेढ दर्जन भन्दा बढि कक्षाकोठा हरु तर विध्यार्थि आउने श्रोत भने सुक्दै । करिव एकसय आठ वर्ष अघि स्थापना भएको संस्कृत माध्यमिक विध्यालय यतिवेला भौतिक सम्पन्नता हुंदा हुंदै विध्यार्थिको आभावमा जुझ्दै छ । संस्कृत शिक्षा पढ्न खोज्ने विध्यार्थि नहुंदा आफ्नो अस्तित्व कसरी वचाउने चिन्ता विध्यालयलाइ छ ।
राणाकालिन अवस्थामा देव शमशेर को पहलमा स्थापना भएको यो विध्यालयले गुल्मीको शैक्षिक इतिहासमा महत्व पुर्ण भुमिका खेलेको छ।संस्कृतको गुरुकुल पद्धतीमा स्थापना भएको यो विध्यालयलाइ स्थापना ताक १९६९मा संस्कृत पाठशाला भनिन्थ्यो । त्यतिवेला यो विध्यालयमा वेदका रिचाहरु ,चण्डी रुद्री लघु कौमुदि लगाएतका संस्कृत भाषाहरुको अध्ययन हुन्थ्यो । गुरुकुल परम्परावाट शुरुवात भएको यो विध्यालय गुल्मीकै सवैभन्दा पुरानो विध्यालय हो ।
समय सापेक्ष शिक्षा प्रणाली अवलम्वन गर्दै यस विध्यालयले केहि संस्कृत पाठ्यक्रम राखेर २०२८ सालदेखि अंग्रेजी गणित विज्ञानका विषयहरुलाइ समावेश गरेर लामो समय विध्यार्थिहरुलाइ शिक्षा प्रदान गरिरहयो । संस्कृत पाठ्यक्रम समावेश गरिरहंदा विध्यार्थि संख्या घटेपछि यो विध्यालयले संस्कृत नपढेपनि हुने गरि साधारण माविसरहको स्वीकृति पछि केहि विध्यार्थि वढाउन सफल भएको विध्यालयका प्राचार्य भोजराज गौतमले वताए ।
यतिवेला यो विध्यालय संस्कृत माध्यमिक विध्यालयको साइनवोर्ड झुण्डाएर संस्कृत विनाको अध्यापन गराइ रहेको छ । यो विध्यालयको दोष होइन । सरकारले संस्कृतको उपल्लो तहका विध्यार्थिहरुका लागि भत्ता लगाएत व्यवस्था गरेको छ तर आधारभुत तथा माध्यमिक तहमा अध्ययन गर्न खोज्ने विध्यार्थिका लागि कुनै व्यवस्था नगरेको प्राचार्य गौतमको भनाइ छ ।
पछिल्लो पटक विध्यालय मर्जको दवाव यो विध्यालयले खेपि रहेको छ । संस्कृत शिक्षाको विकास र उन्नयनमा राज्यको उदाशिनता भित्र मर्ज गर्ने दवाव यो विध्यालयका लागि आफ्नो अस्तीत्वनै समाप्त हुने चिन्ता रहेको देखिएको छ ।विध्यालयको मर्जको हल्ला चलिरहंदा स्थानियवासिहरुले पनि मौनता सांधेको देखिएको छ । मर्ज हुनुहुंदैन र संस्कृत माध्यमिक विध्यालयको अस्तीत्व रहनु पर्छ भनेर आवाज उठाउने काम त स्थानिय वासिन्दाको हो तर कसैको चासो देखिएन विध्यालयका पुर्व कर्मचारी लोकनाथ ज्ञवालीले वताए ।
अवस्य पनि संस्कृत शिक्षाको मुलनै यतिवेला सुकेको छ । आधारभुत तहको पाठ्रक्रममै संस्कृत शिक्षा नभइ सकेपछि माध्यमिक तहमा संस्कृत पढ्ने विध्यार्थि हुने कुरै भएन । संस्कार र भाषाको जननि संस्कृतको उत्थान हुनु पर्छ भन्नेहरुको कमि भने छैन तर पहल भने कसैले नगरेको गुनासो यस विध्यालयका पुर्व शिक्षक ज्ञानेश्वर ज्ञवालीको भनाइ छ ।
यसलाइ विडम्वना भन्नु पर्छ नेपालमा धर्म संस्कृति सभ्यता परम्परा रिती रिवाजलाइ जिवन्त राख्ने संस्कृत भाषा लगभग लोपोन्मुख अवस्थामा पुग्दै गर्दा राज्यको संस्कृत शिक्षाप्रतिको उदाशिनताले संस्कृत माध्यमिक विध्यालयहरु संस्कृत माविकोे साइनवोर्ड झुण्डाएर साधारण माध्यमिक विध्यालयको पाठ्यक्रम पढाएर विध्यालय धान्न वाध्य छन । जयतु संस्कृतमको नारा घन्काएर राणा शासन विरुद्धमा आफुलाइ उभ्याउने राजनैतिक हस्ती समेत यो विध्यालयले उत्पादन गरेको इतिहास छ ।
स्थापना कालमा संस्कृत पाठशालाको पाकशाला र पाठशालाका लागि भवन समेत रहेको थियो । त्यतिवेला विध्यार्थि शिक्षक भक्त भक्तेनी कर्मचारीलाइ खानाको व्यवस्था समेत रहेको जानकार यस विध्यालयका पुर्व विध्यार्थी समेत रहेका रुरु १ च्यूरेकका तारानाथ ज्ञवाली सम्झन्छन ।
नवलपरासी जिल्लाको सूर्यपुरा, वेदौली, प्रसौनीमा रहेको सातसय सत्तरी विगाहा जग्गाको आयस्ताले छात्रवृति, भोजनवृति र तलव भत्ता समेत सम्पुर्ण खर्च पाल्पा माल अड्डाबाट चलेको इतिहास छ ।
रिडी सदावर्त गुठीको नामवाट स्थापित उक्त जग्गा सस्कृत माध्यमिक विध्यालयको स्वामित्वको हो भनिए पनि २०१८ सालमा बाढिले विध्यालय वगाउंदा सवै कागजात वगे पछि कागजात पुर्याउन नसक्दा विध्यालयलाइ आफ्नो स्वामित्व स्थापित गराउन गाह्रो भएको र गुठी संस्थानमा वारम्वार जांदा के प्रमाण छ भनेर फर्काइएको स्मरण गर्छन विध्यालयका पुर्व कर्मचारी लोकनाथ ज्ञवाली ।यध्यपि गुठीको आधिकारीक संस्था संस्कृत माध्यमिक विध्यालय हो भनेर साविक रुरु गाउं विकास समिती, जिल्ला प्रशासन कार्यालय, साविक जिल्ला विकास समिती गुल्मी, जिल्ला शिक्षा कार्यालय गुल्मी र महेन्द्र संस्कृत विश्वविध्यालयले सिफारीस गरेका प्रमाणहरु विध्यालयसंग हुंदाहुंदै पनि प्रमाणको अध्ययन नगरी गुठी सस्थानले देखाएको रवैया प्रति विध्यालयको गुनासो छ ।
अहिले उक्त जग्गा कस्को मातहत र कस्ले जोतभोग गरिरहेको छ विध्यालयलाइ जानकारी छैन । कसले जग्गाकोे भोग चलन गरको छ खोजि गर्ने काम पनि भएको छैन । गुठीको जग्गा आफ्नो मातहतमा ल्याउने प्रयास गरे पनि विध्यालयले प्रकृया र कागजातका कारण जग्गा आफ्नो नाममा बनाउन सकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology