Logo

२०८३, श्रावण ३०गते


images
images

नवौं देवदह महोत्सव : मौलिक र साँस्कृतिक पक्षलाई प्रार्थमिकतामा राख्न सरोकारवालाहरुको सुझाव

नवौं देवदह महोत्सव : मौलिक र साँस्कृतिक पक्षलाई प्रार्थमिकतामा राख्न सरोकारवालाहरुको सुझाव

images
  • नवौं देवदह महोत्सव : मौलिक र साँस्कृतिक पक्षलाई प्रार्थमिकतामा राख्न सरोकारवालाहरुको सुझाव
    images
    images

    देवदह । देवदह नगरपालिकामा रहेका विभिन्न संघसंस्थाहरुले नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०८१ सफल पार्न आफुहरुले भरपुर सहयोग गर्ने जनाएका छन् ।

    images
    images
    images

    स्थानीय सामाजिक संघसंस्था, जातिय संघसंस्था र क्लवका प्रतिनिधिहरु सम्मिलित अन्तरक्रियाका सहभागिहरुले महोत्सवको समुद्घाटन समारोहलाई भव्य बनाउने जनाए । कार्यक्रममा सहभागिहरुको जिज्ञासा र सुझावहरुबारे प्रतिक्रिया दिदै आयोजक संस्था देवदह व्यापार संघका उपाध्यक्ष पिताम्बर खरेलले मौलिक र साँस्कृतिकपन झल्कने गतिविधिहरु सञ्चालन गर्न संघसंस्थाहरुले सहयोग गर्नुपर्ने बताए । 

    images
    images
    images

    यसैविच रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले बिहिवार मेला स्थलको तैयारी बारे आयोजकसँग जानकारी लिएका छन् । मेलाको तैयारीबारे चारो व्यक्त गर्दै विश्वकर्माले सवैसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिए ।

    images
    images
    images

    सोहि अवसरमा राष्ट्रिय भुमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव प्रसाद अर्याल, राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यालय भैरहवाका प्रमुख, बरिष्ठ बैज्ञानिक दिपक पाण्डे लगाएतले महोत्सवमा कृषि र पर्यटनको विषयमा प्रस्तुत हुने गतिविधिवारे जानकारी लिएका थिए ।

    ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित आगामी माघ १० देखि २२ गतेसम्म देवदह मण्डप घोडाहामा महोत्सव सञ्चालन हुँदैछ । 

    महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३४ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको महोत्सवका सचिवालय संयोजक हरिलाल भण्डारीले जानकारी दिए । करिव १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको संयोजक भण्डारीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।