Logo

२०८३, श्रावण २७गते


images
images

रुरुधामकाे पर्यटन प्रवर्द्धनलाई सघाउन सुविधा सम्पन्न हाेटल सन्चालनमा  

रुरुधामकाे पर्यटन प्रवर्द्धनलाई सघाउन सुविधा सम्पन्न हाेटल सन्चालनमा  

images
  • सेतोमसी सहकर्मी
  • रुरुधामकाे पर्यटन प्रवर्द्धनलाई सघाउन सुविधा सम्पन्न हाेटल सन्चालनमा   
    images
    images

    कृष्ण अन्जान, रुरु । नेपालकै ऐतिहासिक र धार्मिक धराेहर रुरुधामकाे भौतिक विकास जाेडताेडले बन्दै गर्दा यसक्षेत्रका व्यवसायीहरु पनि लगानिका लागि उत्साहित भएका छन । 

    images
    images
    images

    यतिबेला रुरुधाम रिडीकाे सँरचनात्मक विकास जारी छ । नेपालकै एकमात्र तिनमुखे पुलकाे निर्माण कार्य अन्तिम चरणमा छ भने  कालिगण्डकी नदि र रिडीखाेला तटबन्ध स्थानीय मठ मन्दिर सुधार मुक्तिनाथ मन्दिर जाेडने कालिगण्डकी करिडाेरकाे स्तराेन्नति ले अब रुरुधामलाई पछि फर्केर हेर्नू पर्ने आवस्यकता छैन ।

    images
    images
    images


    सायद यसैले पनि रुरुधाममा व्यवसायिक आकर्षण र अझै त्यसमा पनि हाेटल व्यवसायमा लगानी ह्वात्तै बढेकाे छ । 

    images
    images
    images

    रुरुधाममा हालै मात्र सुविधा सम्पन्न हाेटल क्राउनले आफ्नाे सेवा शुरु गरेसँगै रुरुधाममा आउने पर्यटकका लागि नया आयाम थपिएकाे छ । 

    रुरुक्षेत्र गाउँ पालिका ३ थाेर्गाका नारायण ज्ञवालीले करिव तीन कराेडकाे लगानिमा रिडीबजारमा सुविधा सम्पन्न हाेटल क्राउन सन्चालन गरेका छन । 

    कालिगण्डकी करिडोरकाे बसपार्क लामाचौपारी खण्डमा सडक सँगै जाेडेर निर्माण गरिएकाे हाेटल क्राउनमा यतिवेला सुविधा सम्पन्न ताताे र चिसाे पानी एसि समेत जडान भएका  नौ वटा काेठा दुईवटा सेमिनार हल सँगै पाँचतल्ले हाेटलमा हरेक तला बाट रुरुधामकाे ऋषिकेश मन्दिर काली र रिडीकाे सँगम स्याङ्जाकाे किपट क्षेत्र आखाकाे धित मरुन्जेल हेर्न पाईन्छ । 

    नेपाली चाईनिज ईण्डियन र कन्टिनेन्टल खानाकाे स्वाद पस्किरहेकाे याे हाेटलमा पिज्जा बर्गर र ममका विविध स्वाद र लाेकल माछालाई प्राथमिकतामा राखेकाे छ ।
    हाेटलमा एकसय पचास जनालाई एकै पटक खाना खुवाउन सक्ने गरि व्यवस्थापन गरिएकाे छ ।
    याे क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक र मलामिहरु  आउने हुँदा हामिले शाकाहारी भान्साकाे छुट्टै व्यवस्था गरेका छौँ हाेटलका सन्चालक नारायण ज्ञवालीले बताए । 

    हामिले धेरै तिर्थ यात्रु मलामी हरुले दुख पाएकाे बस्ने खाने खाने ठाउँ नभएकाे महशुस गरेका छौँ त्यसैले त्यहि प्रकारकाे सुविधा चौविसै घण्टा दिने तयारी गरेका छौँ सन्चालक ज्ञवालीले सेतोमसीलाई भने ।

     

    हाेटललाई आकर्षणकाे केन्द्र बनाउन हाेटलकाे पाँचौ तलामा भिउटावर पुल हाउस जिमखाना निर्माण  सँगै हरेक शुक्रवार राष्ट्रिय र स्थानिय कलाकारहरु मार्फत लाेक दाेहारी तथा कन्सर्ट समेत सन्चालन गरि भरपुर मनाेरन्जन प्रस्तुत गर्ने सन्चालक ज्ञवालीके जानकारी दिए ।

     

    विगतमा भारत र दुवई तिर कठिन परिश्रम गरि फर्किनु भएका चालिस वर्षिय युवा नारायण ज्ञवालीले आफ्नै मातृभूमिमा फर्केर  नया काम काे शुरुवात सँगै रुरुधामकाे  पर्यटन प्रबर्द्धनमा  नया ईट्ट थप्ने काम  शुरुवात गरेका छन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरूक्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।