Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा सञ्चालन हुने आइडल अन्तर्गत पहिलो चरणको अडिसन सम्पन्न

देवदह महोत्सवमा सञ्चालन हुने आइडल अन्तर्गत पहिलो चरणको अडिसन सम्पन्न

images
  • देवदह महोत्सवमा सञ्चालन हुने आइडल अन्तर्गत पहिलो चरणको अडिसन सम्पन्न
    images
    images

    देवदह । नवौं देवदह महोत्सवमा समावेश गरिने विभिन्न आइडलहरुको पहिलो चरणको अडिसन सनिवार सम्पन्न भएको छ । होटल इन्टेक खैरेनीमा सम्पन्न पहिलो अडिसनबाट २१ जना छनौट भएको साँस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक पिताम्वर खरेलले जानकारी दिए । 

    images
    images
    images

    ‘पहिलो चरणमा शनिवार डान्सिङ्ग आईडल, सिङ्गिङ आईडल र मम्मी डान्सिङ्ग प्रतियोगिताको पहिलो चरणको अडिसन सकिएको छ ।’ संयोजक खरेलले भने, ‘शनिवार स्थानीय स्तरमा विद्यालयका बालबालिका राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागि भएकाले अर्को अडिसन माघ ९ गते सञ्चालन गरिनेछ ।’ 

    images
    images
    images

    आइडलका प्रतियोगिता चरण अन्तर्गत माघ ११ गते डान्सिङ्ग र माघ १२ गतेबाट सिङ्गिङ आइडलका प्रस्तुती सुरु हुनेछन् । यसैगरी १९ गते मम्मि डान्स प्रतियोगिता सञ्चालन गरिनेछ । 

    images
    images
    images

    अडिसनमा सिङ्गिङ तर्फ गायक तेजु अर्याल र प्रसान्त गैरे, डान्सिङ्ग आइडलका लागि विश्व गुरुङ्ग र ज्योति थापा तथा मम्मी डान्स तर्फ अञ्जु श्रेष्ठ र रमेश पोखरेलले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

    स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने तथा कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्य सहित महोत्सवमा अन्य विभिन्न साँस्कृति कार्यक्रमहरु समेत समावेश गरेको आयोजकले जनाएको छ । 

    जस अन्तर्गत माघ १४ गते भजन प्रतियोगिता, माघ १८ गते विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र माघ २० गते पञ्चेबाजा प्रतियोगिता सञ्चालन गरिने श्रव्य दृष्य तथा मिडिया संयोजन उपसमितिका संयोजक पवन पौडेलले जानकारी दिए ।

    IMG-20250118-WA0017.jpg

    यसैविच मेलाको र्‍याली लाई व्यवस्थित बनाउन देवदह–५ स्थित सिद्धि विनायक महिला समूह र गोठादी मार्ग टोल विकास संस्थाले बृहत् सहभागिता जनाउने निर्णय गरेका छन् । शनिवार दुवै संस्थाको विशेष बैठकले ¥यालीमा बृहत् सहभागि हुने निर्णय गरेको हो ।

    टोल विकास संस्थाका अध्यक्ष हरि पौडेलको अध्यक्षता र महिला समूहका सचिव दिव्या रानाको स्वागतमा भएको कार्यक्रममा जनचेतना ¥याली संघसंस्था, क्लव तथा जनसम्पर्क व्यवस्थापन उप–समितिक संयोजक विष्णु प्रसाद ज्ञवालीको उपस्थितीमा भएको थियो । ।

    ‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित आगामी माघ १० देखि २२ गतेसम्म देवदह मण्डप घोडाहामा महोत्सव सञ्चालन हुँदैछ । 

    महोत्सवका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन भएर तिब्रताका साथ काम गरिरहेको महोत्सवका सचिवालय संयोजक हरिलाल भण्डारीले जानकारी दिए । करिव १० करोड रुपैंया बराबरको कारोवार र १ करोड खर्च अनुमान गरिएको महोत्सवमा ६ लाख बढि दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको संयोजक भण्डारीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।