Logo

२०८३, श्रावण ३०गते


images
images

नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल

images
  • नवौं देवदह महोत्सव : देवदह मण्डपमा सुरक्षा निकायका प्रमुखहरूसंग छलफल
    images
    images

    देवदह । माघ १० देखि २३ गतेसम्म संचालन हुने नवौं देवदह महोत्सवमा आवश्यक सुरक्षा व्यवस्था व्यवस्थापनको लागि सुरक्षा निकायका प्रमुखहरूसंग छलफल गरिएको छ । मंगलबार मेला सचिवालयमा गरिएको छलफलमा बोल्दै सुरक्षासंग सम्बन्धित निकायका प्रमुखहरुले सुरक्षा समस्या नहुने र सबै निकायले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । 

    images
    images
    images

    छलफलमा मेला मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ, देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेल, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डित, शसस्त्र प्रहरी बल प्रमुख मनोज गुरुङ, देवदह प्रहरी चौकीका प्रमुख एक्कबहादुर नेपाली लगायतको उपस्थिति रहेको महोत्सव सुरक्षा उपसमिति संयोजक खड्ग बहादुर पुनले जानकारी दिए ।

    images
    images
    images

    देवदह व्यापार सङ्घ रूपन्देहीको आयोजनामा सञ्चालन हुने महोत्सव बिहिबार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्‌घाटन गर्ने छन् । उद्‌घाटन अघि खैरेनीको लोकेश्वरदेखि देवदह मण्डपसम्म विभिन्न सङ्घसंस्थाको सहभागितामा झाँकीसहित र्‍यालीको आयोजना गरिएको छ ।

    images
    images
    images

    महोत्सवमा लुम्बिनीको प्राचीन मायादेवी ग्रामसहितको मोडल, पकडी वृक्ष आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी,  गुरुङ र मगर समुदायको घर, सेल्फी जोन, लगायतका आकर्षकहरु रहने आयोजकले जनाएको छ । 

    होटल, कृषि, विद्यालयका विज्ञान प्रर्दशनी लगायत दुई सय ५८  स्टलहरू रहने महोत्सव छ लाख दर्शकले अवलोकन गर्ने र दश करोड बराबरको कारोबार हुने लक्ष्य लिइएको छ ।  

    महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत/लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता,  पन्चे बाज प्रतियोगिता, भजन प्रतियोगिता, टिकटक प्रतियोगिता, भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् । कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, मेलामा कृषि यन्त्र,  पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरू महोत्सवका आकर्षकका रुपमा रहने मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले जानकारी दिए ।

    "राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ एवम् सबल बनाउन उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीहरूको संस्थागत विकास गर्ने उद्देश्यले नवौ देवदह महोत्सव आयोजना गरेका हौँ ।" अध्यक्ष गुरुङले भने, "कृषि क्षेत्र, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहका ऐतिहासिक स्थलहरू भवानीपुर क्षेत्र, रोहिणी नदी, दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नपनि महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको अपेक्षा छ ।"

    हरेक दिन बिहान ९ बजेदेखि बेलुका ८ सम्म अवलोकन गर्न सकिने मेलाको प्रवेश शुल्क सर्वसाधारणलाई ६०  रुपियाँ र विद्यार्थीलाई ४०  रुपियाँ कायम गरिएको छ । ज्येष्ठ नागरिक र विशिष्ट शारीरिक क्षमता भएकाहरूलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।   

    देवदह व्यापार सङ्घ, देवदह उद्योग वाणिज्य सङ्घ र उद्योग व्यापार सङ्घ देवदह गरी तीन व्यावसायिक संस्थाले हरेक वर्ष आलोपालो महोत्सव सञ्चालन गर्ने देवदहमा वि.स. २०७१ सालबाट महोत्सव सञ्चालन हुँदै आएको छ । २०७१ सालमा रुपन्देहीमा बुटवल र भैरहवापछि पहिलोपटक देवदहमा उद्योग व्यापार संगठनले देवदह-५ स्थित पानबारी मैदानमा महोत्सव सञ्चालन गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।