Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा दर्शकको घुँइचो बढ्दै, पाँच दिनमा २० हजारले गरे अवलोकन

देवदह महोत्सवमा दर्शकको घुँइचो बढ्दै, पाँच दिनमा २० हजारले गरे अवलोकन

images
  • देवदह महोत्सवमा दर्शकको घुँइचो बढ्दै, पाँच दिनमा २० हजारले गरे अवलोकन
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा जारी नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको घुँइचो बढ्दै गईरहेको छ ।महोत्सवको पाचौं दिनसम्म करिव २० हजार दर्शकले मेला अवलोकन गरेको आयोजकले जनाएको छ ।

    images
    images
    images

    "देवदह व्यापार संघको आयोजनामा माघ १० गते देखि शुरु भएको महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिइरहेका छन् ।"  महोत्सव मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले भने, "कलाकारको 'बेजोड' प्रस्तुति र आकर्षक स्टल अनि सांस्कृतिक खानाका परिकारहरुको कारण दर्शकहरुको संख्यामा वृद्धि भइरहेको छ ।" 

    images
    images
    images

    सोमबार महोत्सवमा कलाकार शान्तिश्री परियार, विष्णु श्रीपाली, सिर्जना खत्री, नारायण लेकाली र भारत खत्रीले प्रस्तुति दिए भने संचारकर्मी तथा उद्घोषक कमला अर्यालले कार्यक्रम होस्ट गरिन् । 

    images
    images
    images

    यसैगरी मंगलबार कलाकार रचना रिमाल, सम्झना रणपाल, दिपक गरौजा मगर, डान्सर अवान्तिका र विनिताको प्रस्तुति रहने तथा संचारकर्मी तथा उद्घोषक रमेश पोखरेलले सांस्कृतिक कार्यक्रमको होस्ट गर्ने मेलाका संस्कृतिक संयोजक पिताम्बर खरेलले जानकारी दिए ।  

    महोत्सवमा करिव एक लाख दर्शकले अवलोकन गर्ने र १० करोडको कारोवार गर्ने लक्ष्य लिइएको छ । प्राचिन मायादेवी ग्रामसहितको मोडल, पाकडी वृक्षको आकृति, फोटो प्रदर्शनी, ऐतिहासिक माथागढी, गुरुङ्ग र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका मेलाका आकर्षक रहेको देवदह व्यापार संघका महासचिव हरिलाल भण्डारीले बताए । 

    यसैगरी महोत्सवको पाँचौं दिन सिङ्गगिङ आईडल प्रतियोगिताको दोश्रो राउण्ड सम्पन्न भएको छ । सिङ्गगिङ्ग आईडल प्रतियोगितामा ८ जना तेश्रो राउण्डमा प्रवेश गरेको सांस्कृतिक संयोजक पिताम्वर खरेलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।