Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा पर्यटन गोष्ठी : 'पर्यटकीय क्षेत्रहरुको संवर्धन र सौन्दर्यकरण आवश्यक'

देवदह महोत्सवमा पर्यटन गोष्ठी : 'पर्यटकीय क्षेत्रहरुको संवर्धन र सौन्दर्यकरण आवश्यक'

images
  • देवदह महोत्सवमा पर्यटन गोष्ठी : 'पर्यटकीय क्षेत्रहरुको संवर्धन र सौन्दर्यकरण आवश्यक'
    images
    images

    देवदह । देवदहको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रहरुको संवर्धन र सौन्दर्यकरण आवश्यक रहेको एक गोष्ठीका वक्ताहरुले बताएका छन् । देवदहमा संचालित ९औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आयोजित 'देवदहमा पर्यटन विकासका सम्भावना र चुनौती' विषयक गोष्ठीमा बोल्ने वक्ताहरुले पर्यटकीय क्षेत्रहरुको संवर्धन र सौन्दर्यकरणमा जोड दिएका हुन् । 

    images
    images
    images

    गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै रामबहादुर गुरुङले पर्यटन प्रवर्द्धनको लागि गुरुयोजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । पर्यटनको विकास विना समृद्ध देवदहको परिकल्पना गर्न नसकिने बताउदै उनले पर्यटनका संभावनाहरु खोजी गर्न आवश्यक रहेकोमा जोड दिए । देवदहका पर्यटकीय क्षेत्रहरुको परिचयसहित कार्यपत्र प्रस्तुत गरेका गुरुङले देवदहको पहिचान नै पर्यटन भएकोले नगरपालिकाले सोही अनुसार योजना निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । 

    images
    images
    images

    कार्यपत्र माथि टिपपणी गर्दै पर्यटन अभियन्ता यम रानाले पर्यटकीय क्षेत्रको वर्गीकरण गर्न आवश्यक रहेको बताए । पर्यटन विकासको लागि सकरात्मक सोचको आवश्यक रहेकोमा जोड दिंदै उनले देवदह नगरपालिकाले कृषि र पर्यटनलाई आफनो नाराको रुपमा अगाडि सारेपनि अहिलेसम्म पर्यटन समिति गठन गर्न नसकेको गुनासो गरे । "देवदहमा आउने पर्यटकलाई यस क्षेत्रको बारेमा जानकारी दिन सक्ने पर्यटन गाईड उत्पादन गर्नुपर्छ र देवदह नगरपालिकाले निर्माण गरिएको पर्यटन गुरुयोजनालाई परिमार्जन गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्छ ।" उनले भने, "यसले पर्यटन गाईडमार्फत पनि देवदहसंग लुम्बिनीको कनेक्सन बढाउन सहयोग पुर्याउँछ ।"

    images
    images
    images

    त्यसैगरी कार्यपत्रमाथि टिप्पणी गर्दै देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले देवदहको ब्राण्डिङ्ग आवश्यक रहेको बताए । रोहिणी नदिसहित यहाँका अन्य सम्पदाको स्तरोन्नति गर्दै प्याकेजिङ्ग गर्न सकियो भने पर्यटकीय गतिविधि बढ्नेमा जोड दिंदै उनले त्यसको लागि स्थानीय सरकारले योजना बनाएर यहाँका संचार माध्यम र सामाजिक संघसंस्थालाई परिचालन गर्नुपर्ने बताए । "व्याख्या गरेर मात्र हुदैन, मुख्य कुरा बदल्नु हो, त्यसको लागि काम गर्नु आवश्यक छ ।" अध्यक्ष पोखरेलले भने, " पर्यटकीय क्षेत्रको स्तरोन्नति, सडक लगायत, पुर्वाधार विकास र हस्पिटालिटीको डेभलपमेन्ट अत्यावश्यक छ ।"

    गोष्ठीमा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कार्यपत्रले उठाएका विषय वस्तुलाई आवश्यक छलफल गरी योजना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । "देवदहमा पर्यटकीय सम्भावना छ  र काम गर्ने इच्छा शक्ति भए बजेटको पनि समस्या हुँदैन ।" प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, "त्यसको लागि नागरिक तहबाटै जागरण आवश्यक छ । सरकारले पछाडिबाट सहयोग गर्ने र सरोकारवाला अन्य निकायले फ्रन्टलाइनबाट काम गर्नु उपयुक्त हुन्छ ।"

    महोत्सव अर्न्तगत गठन भएको पर्यटन, प्रवर्द्धन एवं तालिम गोष्ठी उपपसमितिका संयोजक ईश्वरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्ष मोहन जिसी, बौद्ध अध्येता प्रकाश अर्याल, नेपाली कांग्रेसका नगर सभापति गुनाखर भुर्तेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिपक न्यौपाने,  सहकारीकर्मी प्रमोद खनाल, देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयकिसन अधिकारी, सगरमाथा क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, पर्यटन व्यवसायी टंकप्रसाद पोखरेल, पत्रकार तिलोचन दहाल, निर्मल थापा, योग प्रशिक्षक सरस्वती वस्याल लगायतले धारणा राखेका थिए । 

    चन्द्रकान्त पराजुलीको स्वागत र शुसिला भट्टराई संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवौं देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।