कैयौं कैयौं जुनि तोड्दै पायौं यो अब्बल जुनि मानव ।
घृणा र भेदभाव गर्छन, यहाँ ती मानव रुपि दानव ।।
धनको लागि गर्छन् घात, बेच्न सक्छन् जननी पनि ।
आफु र आफ्ना लागि गर्छन्, चाकरी र चाप्लुसी अनि ।।
देखेको सबै चाहिन्छ यिनलाई, मरोस चाहे अर्को भोकले ।
दिन्छन् बरु कुकुरलाई अनेक व्यन्जन, देख्दैनन् मानिस तड्पेको रोगले ।।
गर्छन् संगत सधै यिनिहरुले, लाभ आउछ जो बाट आफुलाई ।
गर्छन् गलत काम कैयौ यिनीहरु नै लगाउछन् सबै दोष अरुलाई ।।
यति सार्हो गर्छौ किन तिमी,मर्ने हो मानिस एक दिन ।
गर असल काम समाजमा, नगरुन पछि अरुले घिन ।।
दु:ख पर्दा जसरी दुख्छ तिम्रो मन, सोच अरुको पनि त्यहि हो तन ।
मिठो बोलि देउ दुखिहरु सँग सधै, नभए पनि उनिहरु सँग धन ।।
जति धेरै कमाए पनि सम्पत्ति, छैन कोहि जलेको धनमा ।
गर सबैको भलो हुने काम, बनाउँ बाँस सबैको मनमा ।।
सक्दैनन् बोल्न तिम्रो अघि कोहि, देखेर तिम्रो छाँट काँट ।
रोगिलाई दवाई भोकोलाई खाना खान, दिन्छु भनेर नढाँट ।।
हामी हौ मानव यहाँ सबै, सिक्न सकौ मानव ज्ञान ।
मानव नै थिए बुद्ध पछि बने, गरेर उनले कठोर ध्यान ।।
मृत्युवरण गर्नै पर्छ सबैले, जब आउछ अन्तिम दिन ।
छोडेर जाने हो सबथोक एकदिन, नबुझे झै देखिन्छौ तिमी किन ।।।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology