खोला कराउँछ रात भरी चीत्कार र रोदन सहित ।
बजार्छौ मुक्का छातीमाथि अनायासै के गरेको छु अहित ।।
जब सुतेको हुन्छ मस्त बस्ती, दलालहरु जुट्छन् अन्धकारमा ।
रुन्छ माटो ढुङ्गो चिच्याउछ छन् भ्रष्टहरु मस्त कालो व्यापारमा ॥
थाहा पाउदैन प्रशासन देख्दैन स्थानीय सरकार ।
गर्दछन् प्रकृतिको दोहन परिवर्तन पारेर आकार।। ।
जुट्छन एकान्तमा मालिकहरु लगाउछन भाग बिलो।
मौन छ बस्ती अनिद्रामै कट्छ रात बोल्ने छैन कोहि जोशिलो।।
वनका जिवजन्तुहरु पंक्षी पनि डरमा भए पलायन।
मस्त छन् दलालहरु गरिबको आशुले भिजेको छ ओछ्यान ।।
म चाहन्छु बाँच्न भनी खोलाले माग्छ गुहार रातमा रोई।
तिम्रा सन्तानका लागि म चाहिन्छु किन बुझ्दैनौ कोही।।
सुन्छन् बस्तीका जनहरुले रोदन यो धरतीको स्वर।
तर मौन छ समाज नीति नाङ्गो र बाङ्गो हृदय कठोर ।।
सुनेर नसुने झै देखेर नदेखे झै गर्नु छ बाच्न यहाँ।
खोलाको दोहन यस्तो मुकदर्शक प्रशासन होला र अन्त कहाँ ॥
जाग अब साथीहरु जाग चेतनाको ज्योति जलाउ।
भण्डाफोर गरौ चोरहरुको प्रकृतिलाई बचाओै।।
पुर्खाहरुको रगत पसिना र आँसुले सिंचिएको यो धरा।
हाम्रो अस्तित्व हो प्रकृति यसैमा आत्मा बसि रहेछ हेर ॥
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology