बाहिर शरीर सफा गरेर के हुन्छ र, भित्र कालो छलकपट छ भने ।
मन्दिरको चिसो जलले शितल कहाँ मिल्छ र, भित्री मन जलि रहेको छ भने ।।
गरेर दान धर्म कहाँ मिल्छ र,गरिबको श्रम शोषण गरेर कमाएको धनले ।
कमाउन धर्म पर्दैन नुहाउन, सधै सोच सबैको भलो स्वच्छ मनले ।।
मुखले बोलेर गर्छौ र के पुरा यहाँ,सोच्छौ मनले अनेक बाहना।
मनमा छन् अनेक काला धब्बाहरु तर,निधारमा टीका के हो तिमो चाहना ।।
गर्छौ दु:खमा पुकार ईश्वरको सधै,तर भुल्छौ भए सानो प्राप्ति ।
छ मनमा चिन्तन सधै म ,कसरी बनु धनी देखाउन बाहिर फुर्ती ।।
मन्दिर त एउटा आस्था मात्र हो ,छ ईश्वरको बाँस तिमी भित्र ।
सकिएला पुण्य कमाउन तब,दर्शन गर्न सके मन भित्रको मन्दिर ।।
राख सधै स्वच्छ र सफा,तिम्रो त्यो मन भित्रको ईश्वरको बाँस ।
बढ सत्कर्मले सधै अघि,पूरा हुँदै जाने छन् सबै तिम्रा आश ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology