Logo

२०८३, आश्विन ११गते


images
images

यू–१९ एशिया कप

यू–१९ एशिया कप : नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

यू–१९ एशिया कप : नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

images
  • यू–१९ एशिया कप : नेपाल श्रीलंकासँग ८ विकेटले पराजित
    images
    images

    काठमाडौँ । नेपाल एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गतको खेलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा श्रीलंकाले नेपाललाई ८ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको ८३ रनको लक्ष्य पछाएको श्रीलंकाले १४.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल २८.३ ओभरमा अल आउट हुदै ८२ रन मात्र बनाएको हो । नेपालका लागि किब्रिन श्रेष्ठले सर्बाधिक १८ रन बनाए भने सहिल पटेलले १२ र निरज कुमार यादवले १० रन बनाएका थिए । त्यस्तै श्रीलंकाका बलर सेथमिका सेनेभिराथेले ५ विकेट लिएका थिए ।

    images
    images
    images

    प्रतियोगितामा अब नेपालले डिसेम्बर १५ मा दोस्रो खेल बंगलादेशसँग र डिसेम्बर १७ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।