Logo

२०८३, आश्विन ११गते


images
images

यू–१९ एशिया कप

यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य

यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य

images
  • यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत नेपालले अफगानिस्तानलाई १२५ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    दुबईस्थित आइसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४६.४ ओभरमा अल आउट हुदै १२४ रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि दिलसाद अलीले सर्बाधिक ३२ रन बनाए भने चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै अफगानिस्तानका बलर जुतिल्लाह शाहीनले ३ विकेट लिए भने अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले २-२ विकेट लिएका थिए ।

    जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन । नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए । 

    एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन् ।

    समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समुह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।