Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध मावली काष्ठ संघ गठन, अध्यक्षमा पौडेल चुनिए

देवदह बुद्ध मावली काष्ठ संघ गठन, अध्यक्षमा पौडेल चुनिए

images
  • देवदह बुद्ध मावली काष्ठ संघ गठन, अध्यक्षमा पौडेल चुनिए
    images
    images

    देवदह ।  काष्ठ र फर्निचर व्यवसायीहरुको व्यवसायीबीच एकता र हकहितका लागि देवदहमा  "देवदह बुद्ध मावली काष्ठ संघ"  गठन गरिएको  छ ।

    images
    images
    images

    रुपन्देही क्षेत्र  नम्बर १ तथा सुनवल नगरपालिका वडा नम्बर ७ र ८ मा छरिएर व्यवसाय गर्दै आइरहेका काष्ठ व्यवसायीको  भेलाले रचना स-मिल तथा फर्निचरका सञ्चालक टिका प्रसाद पौडेल राजुको अध्यक्षतामा ९ सदस्यीय तदर्थ कार्यसमिती गठन गरेको छ ।
     
    समितीको वरिष्ठ उपाध्यक्षमा चन्द्र आशिष स–मिल एण्ड फर्निचरका सञ्चालक चन्द्र बहादुर अधिकारी, उपाध्यक्षमा माथागढी स–मिलका सञ्चालक पदम ढुङ्गाना, सचिवमा शिवा स–मिलका शिव कुमार धावल, सह–सचिवमा एस्. एस्. सप्लायर्स एण्ड ट्रेडिङ्गका सन्तोष थापा र कोषाध्यक्षमा श्री दाउन्ने फर्निचर उद्योगका सञ्चालक हरी भण्डारी सर्वसम्मत चयन भएका छन् ।
     
     त्यस्तै वरिष्ठ सदस्यमा लाफा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक खेम बहादुर चौहान, सदस्यमा न्यु गणेश स–मिलका सञ्चालक बिध्याराम चौधरी र युनिक फर्निचर तथा फर्निसिङ्ग शोरुमका सञ्चालक सन्दिप ढुङ्गाना चयन भएका  छन् । तदर्थ कार्यसमितीले सल्लाहकार समिती समेत मनोनित गरेको छ । सल्लाहकारहरुमा देवदह नगरपालिकाका प्रमुख, रोहिणी गाउँपालिकाका अध्यक्ष, ओमसतिया गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष, सुनवल नगरपालिका वडा नं. ७ र ८ का वडा अध्यक्ष, वन सञ्जालका अध्यक्ष, शितलनगर सव डिभिजन वन कार्यालयका प्रतिनिधि तथा व्यवसायी निलकण्ठ पौडेललाई मनोनयन गरेको सचिव शिव प्रसाद धवलले जानकारी दिए  । त्यस्तै कानुनी सल्लाहकारमा लिलाधर मरासीनी र प्रेस सल्लाहकारमा देवदह टेलिभिजनका स्टेसन  म्यानेजर सुशील सापकोटालाई मनोनित गरिएको सचिव धवलले बताए  ।
     
     संस्थाका अध्यक्ष टिका प्रसाद पौडेलले व्यवसायीहरुको एकता र हकहितका लागि संस्था गठन गरिएको उल्लेख गर्दै स्वस्थ व्यवसायीक वातावरण सृजना गर्दै काष्ठ व्यवसायलाई मर्यादित बनाउने उद्देश्यमा देवदह बुद्ध मावली काष्ठ व्यवसायी संघ सदैव केन्द्रित रहने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यसमितीले संस्थापक, साधारण, आजीवन, मानार्थ र व्यवसायीक गरी ५ प्रकारका सदस्यताको प्रावधान अगाडि सारेको जानकारी गराउँदै विधान निर्माण र दर्ता प्रक्रिया छिट्टै सम्पन्न गरिने सचिव धावलले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।