काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । उनी आगामी १ फागुनमा नयाँ दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोगमा जाने छन् ।
उनको नयाँ पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपाल हुने लगभग टुंगो लागिसकेको छ । चुनाव चिह्नका तीन विकल्पबारे छलफल चलिरहेको छ ।
नयाँ पार्टीको चुनाव चिह्न हात्ती, आँखा र मन्दिरमध्ये के राख्ने भन्नेबारे छलफल चलिरहेको छ । थापासँगै नयाँ पार्टी दर्ता गर्ने छलफलमा रहेका एक नेताका अनुसार चुनाव चिह्न मन्दिर राख्ने तयारी भएको छ । त्यसका लागि निर्वाचन आयोगसँग अनौपचारिक छलफल पनि भइरहेको छ ।
थापाले अब बन्ने पार्टी हिन्दु धर्म केन्द्रित बनाउने भएकोले मन्दिर चुनाव चिह्न रहने सम्भावना धेरै रहेको उनी निकट नेताको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology