देवदह । देवदहस्थित केरवानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा संयुक्त गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनको प्यानल नै विजयी भएको हो ।
अन्तिम मतगणना अनुसार खुल्ला सदस्यतर्फ संयुक्त गठबन्धनका विरेन्द्र पाण्डेले ३६४ र धनकुमारी सापकोटाले ३५७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरि महिला सदस्य तर्फ गठबन्धनकै पदमकुमारी रिजालले ३६८ मत र सीता काफ्लेले ३६३ मत ल्याएर जित हासिल गरेका छन् ।
त्यसैगरी, नेकपा एमाले प्यानलबाट खुल्ला उम्मेदवार बनेका देवी प्रसाद न्यौपानेले २५३ मत र बालानन्द न्यौपानेले २४४ मत तथा महिलातर्फ दिलमाया सुनारले २३९ मत र माया भण्डारीले २३९ मत ल्याएका छन् ।
कुल ६६५ मत खसेको निर्वाचनमा ४२ मत बदर भएको विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माले बताएका छन् ।
प्यानल नै विजयी भएपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सहित सबै पदमा गठबन्धन आउने लगभग पक्का भएको छ भने नेकपा एमाले विद्यालय व्यवस्थापनको समितिबाट बाहिरीने भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology