Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवल नगरपालिका वडा नं. ७ मा कोको भिड्नेछन् चुनावी मैदानमा ?

सुनवल नगरपालिका वडा नं. ७ मा कोको भिड्नेछन् चुनावी मैदानमा ?

images
  • सुनवल नगरपालिका वडा नं. ७ मा कोको भिड्नेछन् चुनावी मैदानमा ?
    images
    images

    रेशम अधिकारी, सुनवल । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि सुनवलमा चुनावी सरगर्मी बढेको छ। नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा ७, अहिले विभिन्न राजनीतिक दलभित्र रस्साकस्सी नै सुरु भइसकेको छ। सोही विषयमा वडाध्यक्षको उम्मेदवारका आकांक्षीहरुलाई समेटेर यो रिपोर्ट तयार पारेका छाै ।

    images
    images
    images

     

    images
    images
    images

    एमालेमा युवादेखि अनुभवीसम्मका आकांक्षी

    images
    images
    images

    नेकपा एमालेले सुनवल नगरपालिका ७ लाई आफ्नो राम्रो जनमत भएको वडाको रुपमा लिने गर्छ । अघिल्लो स्थानीय चुनाव सिङ्गो प्यानलनै हात पारेको एमालेमा हालका अध्यक्ष बसन्त राज दाहाल, वडा सदस्य बिनोद पाण्डे, नमनारायण कुवर, तुलसी ज्ञवाली, सुरज अर्याल  वडा आकांक्षी नाम हुन ।

    बसन्त राज दाहालले पार्टीको निर्णय स्विकार्दै अगाडि बढ्ने बताउदै आएका छन् । एमाले भित्र अध्यक्षका लागि बिनोद पाण्डे र तुलसी ज्ञवालीमा कस्ले टिकट पाउछ भन्ने चासोको विषय रहेको छ ।

    पाण्डे सम्पन्न  नवाैं जिल्ला अधिबेशनबाट  जिल्ला कमिटीका कान्छा सदस्य  हुन । युवा उमेरमै जिल्ला कमिटीमा प्रतिनिधित्व गरि बिजय भएकोमा  पार्टीका शिर्ष नेताहरुले बधाई दिएका थिए ।

    पार्टी निकट स्रोतका अनुसार वडा नं. ७ मा युवालाई प्राथमिकता दिने हो भने बिनोद पाण्डेको सम्भावना छ । तर, अर्का वडा सदस्य नमनारायण कुँवरले पनि टिकट पाउने सम्भावना उत्तिकै छ । उनले आफु अध्यक्ष लड्ने बताउँदै आएका पनि छन् ।

    कांग्रेसमा रस्साकस्सी

    कांग्रेसबाट सुनवल नगरपालिका वडा अध्यक्षको रुपमा तिन  जनाले आकांक्षा व्यक्त गरेका छन् । पार्टी निकट स्रोतका अनुसार प्रकाश बार्हघरे, गुप्त बहादुर केसि (राजु), भोजराज पाण्डे (कृष्ण) बिश्वनाथ यादव मध्य नेपाली कांग्रेस सुनवल नगर कमिटीले एकलाई  टिकटको दिनेछ ।

    प्रकाश बार्हघरे अघिल्लो स्थानीय चुनामा वडा अध्यक्ष पदमा पराजित भएका थिए । यता गुप्त बहादुर केसी भने  जनताले आफुलाइ आउनपर्छ भने र खोजे भने चुनाव लड्ने बताउँछन् । यदि बार्हघरेलाई पार्टीले उठायो र उनले पुन: दोहोरीन चाहे भने उनलाई समर्थन गर्ने  बताउदै आएका छन् । 

    बिश्वनाथ यादव नेपाली कांग्रेस पार्टीका पुराना र कृयाशिल  नेता हुन । यादव अघिल्लो  स्थानीय चुनावमा वडा सदस्यमा लडेपनि जित्न सकेका थिएनन् । त्यसैगरी, अर्का युवा व्यवसायी राजन क्षेत्रीले पनि पार्टीको निर्णय पर्खीराखेका छन् । यता महिलामा टिचन गुरुङलाइ  अगाडी सार्ने आंकल गरिएको छ ।

    कांग्रेस पार्टी स्रोतको अनुसार अघिल्लो स्थानीय चुनावमा भेगीय हिसाबले राजनिती गरेको भन्दै अस्नैयाबाट अन्तरघात भएको थियो ।

     

    माहोल बनाउँदै माओवादी

    २०७४ सालमा तत्कालीन नयाँ शक्तिबाट चुनाव लडेर झिनो मतले पराजित  नारायण आचार्य माओवादीमा फर्किएसंगै पुन चुनाव लड्ने तयारी गरिएको पार्टी निकट अन्तरिक स्रोतले बताएको छ । आचार्यले भने हालसम्म पार्टीमा टिकट को विषयमा  कुनै निर्णय नभएको बताउँदै आएका छन । यदि पार्टीले निर्देशन दिए आफू वडामा मात्र हैन नगरमै चुनाव लड्न सक्ने उनको जिकिर छ । माओवादीको माहोल राम्रो भएको र जस्ले टिकट पाए पनि जित्ने स्थिति रहेको उनी बताउँछन् ।

    त्यस्तै माओवादी वडा नं. ७ मा हर्क गुरुङ, खड्क राना मगर, टेक बहादुर कर्की,  प्रमेलाल पाण्डे, महिलामा  सीता काफ्ले र यमकली बिश्वकर्मालाई  अगाडि बढउन सक्ने आंकलन गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।