रेशम अधिकारी, देवदह । देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले नगर प्रमुखमा पुनः दोहोरिने ईच्छा व्यक्त गरेका छन् । सेतोमसीकर्मीसंग कुरा गर्दै प्रमुख खत्रीले पार्टीले निर्णय गरेको खण्डमा 'देवदहवासीको सेवा गर्ने कार्य' बाट आफु पछाडि नहट्ने बताएका हुन् ।
कुराकानीका क्रममा पार्टी र नगरवासीको चाहाना अनुसार अघि बढ्न आफू तयार रहेको उल्लेख गरेका उनले आफू जनताको सिपाही र पार्टीको कार्यकर्ता भएकोले एक्लै निर्णय नगर्ने बताए । पार्टीको मध्यमबाट जनताको सेवा गर्न अगाडि बढेकोले आम नगरबासीको चाहाना र पार्टी निर्णय अनुसार अगाडि बढ्ने उनको भनाइ छ ।
पहिलो कार्यकाल कस्तो रह्यो भन्ने प्रश्नमा खत्रीले स्थानीय सरकार निर्माणपछिको पहिलो कार्यकाल भएकोले प्रशस्त काम गर्ने अवसरसंगै कोभिड महामारी लगायतका कारण कार्यकाल चुनौतीपुर्ण रहेको उल्लेख गरे ।
आफ्नो कार्यकालमा नगरमा शिक्षा, खानेपानी, कृषि, खेलकुद लगायतका क्षेत्रमा धेरै विकासका काम सम्पन्न भएको र केही योजना पूरा हुने क्रममा रहेको उनको भनाइ छ । पहिलो कार्यकालमा तत्कालीन काम मात्र नभएर आगामी बर्षका लागि योजनाका खाका समेत तयार गरेको उनको दावी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology