देवदह । देवदह बुद्ध पब्लिक ईङ्ग्लिस बोर्डिङ्ग स्कुलले अभिभावकलाई उत्प्रेरणामूलक तालिम प्रदान गरेको छ । शुक्रबार विद्यालयका ६ सयभन्दा बढि अभिभावकहरुलाई तालिम प्रदान गरिएको विद्यालयका प्रिन्सिपल कृष्ण गैरेले जानकारी दिए । 
प्रिन्सिपल गैरेले विद्यालयका सबै विद्यार्थीलाई प्रथम बनाउन नसकिने तर सबैलाई असल बनाउन सकिने उल्लेख गर्दै बालबालिकालाई असल बनाउन अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी तिवारी, उपाध्यक्ष हरी पाण्डे लगायतले सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अभिभावकलाई तालिम प्रदान गरिएको बताएका थिए । बालबालिकाको अधिकतम समय अभिभावक र घर परिवारसँग व्यतित हुने हुँदा बालबालिकाको भविष्यमा अभिभावकको ठूलो भूमिका हुने वक्ताहरू भनाइ थियो ।
विद्यालयका प्राचार्य कृष्ण गैरेको संचालन रहेको उक्त कार्यक्रममा प्रशिक्षक प्रितम पौडेलले तालिमद्वारा अभिभावकलाई तालिम प्रदान गरिएको थियो ।
त्यसैगरी आजै विद्यालयका कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई समेत उत्प्रेरणामुलक तालीम दिइएको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology