Logo

२०८३, आश्विन ९गते


images
images

चक डस्टरदेखि मार्कर र सेतोपाटीसम्मका ३० बर्ष

चक डस्टरदेखि मार्कर र सेतोपाटीसम्मका ३० बर्ष

images
  • चक डस्टरदेखि मार्कर र सेतोपाटीसम्मका ३० बर्ष
    images
    images

    रेशम अधिकारी,  कालो झुसे डस्टर र सेतो चक समातेर सुरु भएको अध्यापनको यात्रा  कालो मार्कर संगसंगै टुन्ङियो  । कालो पाटी परिवर्तन भएर सेतो भएजस्तै टाउकोको केश पनि उमेरसंगै सेतो भयो । अब ती हातले न त मार्कर समात्ने  छन्, न सेतोपाटीमा  कलिला मस्तिष्कका भविस्य कोर्ने छन् । 

    images
    images
    images

    सपना पाइलट बन्ने थियो, समय परिस्थितिले हजारौं 'विद्यार्थीहरुको भविष्य कोर्ने इन्जिनियर' अर्थात्  'शिक्षक' बनाइदियो ।  वि. सं.  २०१८ चैत १ गते लमजुङमा जन्मिएका लोचन अधिकारीका जिन्दगीका ३० बर्ष अध्यापनमा बिते । 

    images
    images
    images

    विद्यालय जाने उमेर भएसंगै कलिलो हातमा कलम समाउन उनी चितवन झरे । नारायण बिद्यामन्दिर शिवनगरबाट २०३६ साल एसएलसी दिए र थप शैक्षिक यात्रा तय गरि आईए अध्ययन पूरा गर्न बुटवल लागे । बुटवल बहुमुखी क्याम्पसबाट २०४५ सालमा उनले आईए गरे । 

    images
    images
    images

    अधिकारीले पाइलट बन्ने भनेर नै माध्यमिक तहमा  गणित  विषय लिएका थिए तर समय परिस्थितिले उनको ध्यान शिक्षण तर्फ तान्यो र बुटवलकै लक्ष्मी प्राविबाट  गणित शिक्षकको रुपमा  अध्यापन सुरु गरे ।  केही समय बुटवलको  अध्यापनपछि  देवदहको केरवानी माध्यमिक बिद्यालयमा अधिकारीको  प्रवेश भयो । 

    लोचन अधिकारी अर्थात् 'लोचन सर' लाई शिक्षाक्षेत्रमा त्यति कठिनाइ भोग्नु परेन । अधिकारीले केरवनीमा पढाउन थालेपछि उनी शिक्षणमै आकर्षित भए  । शिक्षणमा रमाउँदा रमाउँदै आफ्नो नामका अगाडि ‘असल’, ‘योग्य’, ‘उत्कृष्ट’ जस्ता विशेषण लाग्न थालेपछि उनी त्यसमा सन्तुष्ट नहुने कुरै थिएन । नर्सरी देखि निमावि सम्मका साना देखि ठूला उमेरका छात्रछात्रालाई पढाएको अनुभव उनले सँगालेका छन् ।

    उनले विद्यालयलाई मन्दिर बुझेका छन् र विद्यार्थीलाई भगवान् । उनी भन्छन्, 'विद्यार्थी नहुने भने हामी शिक्षक कसरी बन्न सक्छौ ?' 

    शिक्षकलाई माझीसंग तुलना गर्दै उनी भन्छन्, 'हामी डुङ्गा चलाउने चालक जस्तै हो, डुङ्गामा सवार यात्रुहरुलाई चालकले आफ्नो लक्ष्यसम्म पुराउन मद्दत गर्छ तर चालक भने सधै त्यही खोला वारि र पारी रहन्छ ।'

    लामो अध्यापनको यात्रामा सम्झना आईरहने पलबारे बोल्दै उनी भन्छन्, 'जब म कक्षा कोठामा प्रवेश गर्थें, विद्यार्थी गृहकार्य देखाउन एकैचोटी आउथें तर केही विद्यार्थीको आर्थिकस्थिति कापी किन्नेसम्म पनि नभएको धेरै पटक देखेको छु । अझै पनि झल्झली सम्झिन्छु ती पलहरू जसले मन अमिलो हुन्छ ।' कुनै विद्यार्थीले आर्थिक समस्याका कारण पढ्न नसक्दा अधिकारी आफू शिक्षक मात्र हैन, अभिभावक पनि बन्ने गरेको बताउँछन् ।

    अधिकारीले आफ्नो स्कूलका विद्यार्थीलाई कहिल्यै ट्युसन पढाएनन । “स्कूलमै राम्रो पढाएपछि ट्युसन पढाउनु पर्दैन”, उनले कारण खुलाए । आफ्नै विद्यार्थीसँग शुल्क असुलेर ट्युसन पढाउनु शिक्षकको नैतिकताभित्र नपर्ने उनको धारणा छ । राम्रो शिक्षक बन्ने सूत्र के हो भन्ने प्रश्नमा उनी भन्छन्, “शिक्षकले नजानेको कुरा सिक्न हिच्किचाउनु हुँदैन, विद्यार्थीको मन जित्नुपर्छ र उनीहरूको भविष्यप्रति जिम्मेवार हुनुपर्छ ।"

    शिक्षण पेसाबाट निवृत्त भएका अधिकारीको अबको जीवन कसरी बिताउने भन्ने योजना छैन । उनी योजना ठूलो बनाउनु र कार्यान्वयन नगर्न भन्दा तुरुन्त बनाउने र कार्यान्वयन गर्न उचित ठान्ने बताउँछन् ।  

    अवश्य पनि, शिक्षक मैन हुन्, जो आफू पग्लिएर उज्यालो दिन्छन् । अधिकारी जस्ता लाखौं शिक्षकहरू अहिले पनि हरक्षण जलेर कलिला बालबालिकाको भविष्य उज्ज्वल बनाईरहेका छन् । 

    यद्यपि सबै शिक्षकहरू समान छैनन् । केहि यस्ता शिक्षक पनि छन्, जसले शिक्षण पेशालाई नै दुर्गन्धित बनाईरहेका छन् । नेता, व्यक्ति वा समुदाय विशेषको गुणगान र गालीमा रमाउनु अनि सामाजिक संजाललाई दुषित बनाउनु मात्रै नभएर आफ्नै छात्रालाई समेत दुर्व्यवहार गर्नु उनीहरू आफ्नो कर्म ठान्ने गर्दछन् । जो शिक्षकका नाममा यस समाजकै धब्बा हुन् ।

    समाजलाई सभ्यता र सुस्कारको मार्गमा डोहोर्याउने शिक्षण पेशा केही मुठ्ठीभर गलत व्यक्तिको कारण दुषित नबनोस् । राज्यले शिक्षणलाई अन्य सामान्य पेशाभन्दा माथि राखेर शिक्षणकर्मीको सदैव सम्मान गरोस् । समस्त शिक्षकहरूप्रती सम्मान सहित …

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।