देवदह । अखिल क्रान्तिकारी देवदह नगर कमिटीले देवदह आदर्श बहुमुखी क्याम्पसमा ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार एक कार्यक्रमविच संगठनका नगर अध्यक्ष शिव काफ्लेले सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा मौखिक प्रस्तावलाई नजरअन्दाज गरिएकोले लिखित रुपमा ध्यानाकर्षण गराईएको जनाइएको छ । ७ बुँदे उक्त ध्यानाकर्षण पत्रमा भर्ना शुल्क, मासिक शुल्क, खेलमैदान व्यवस्थापन, शौचालय व्यवस्थापन, पुस्तकालयमा पर्याप्त पुस्तक, हेल्थ डेस्क र क्याम्पस प्रशासन र विद्यार्थीविच अन्तरक्रिया लगायतका बुदा समेटिएका छन् ।
सेतोमसीसंग कुरा गर्दै अध्यक्ष काफ्लेले गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री क्याम्पस प्रशासनको लागि क्रान्तिकारीले निरन्तर खबरदारी गरिरहने र त्यसैको निरन्तरता स्वरुप ध्यानाकर्षण पत्र बुझाइएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology