Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवल नगरपालिकामा वडा कार्यालयबाटै योजना सम्झौता सूरु

सुनवल नगरपालिकामा वडा कार्यालयबाटै योजना सम्झौता सूरु

images
  • सुनवल नगरपालिकामा वडा कार्यालयबाटै योजना सम्झौता सूरु
    images
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । नगर सभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगर प्रमुख बिमला अर्यालले बताईंन।

    images
    images
    images

    वडामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी सहितको टोली  पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीका बीच कार्य सम्झौता गर्ने काम भईरहेको पालिकाले जनाएकोछ । 

    images
    images
    images

    वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटो छरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको हो  ।

    images
    images
    images

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासी लाभग्राहीको लागि  यो एक प्रकारको घुम्ती सेवा जस्तैभएको बताए । उपभोक्ता समितिले योजना सम्झौता पश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिकाकार्यालयमा आए पुग्ने एउटै कामका लागि पटकपटक पालिका आइरहनुपर्ने भएकोले उपभोक्तालाई सहज हुने उनको भनाई छ। उनका अनुसार १३ वटा वडा रहेको नगरपालिकाका हालसम्म वडा नं. ४, ५ र १२ मा यो कार्यको सुरूवात भईसकेको छ भने  बाँकी रहेका वडामा क्रमशः सम्झौता गरिनेछ ।

    नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागिता मूलक रूपमा सञ्चालन गर्न यो सेवा वडा-वडामै लगिएको नगरपालिकाले जनाएको छ ।

    वडाबाटै योजना सम्झौता हुन थालेपछिनगरवासीलाई सहज हुने विश्वास गरिएको  छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।