Logo

२०८३, श्रावण २७गते


images
images

बर्माका राष्ट्र गुरू सयाडोद्वारा देवदहको भवानीपुर लगायतका ऎतितिहसिक क्षेत्रको अवलोकन

बर्माका राष्ट्र गुरू सयाडोद्वारा देवदहको भवानीपुर लगायतका ऎतितिहसिक क्षेत्रको अवलोकन

images
  • बर्माका राष्ट्र गुरू सयाडोद्वारा देवदहको भवानीपुर लगायतका ऎतितिहसिक क्षेत्रको अवलोकन
    images
    images

    देवदह । म्यानमार (बर्मा) का राष्ट्र गुरू भिक्षु सितागु सयाडोले कोलिय राज्यको राजधानी देवदहको भवानीपुर लगायतका ऎतिहसिक एवं पुरातात्विक महत्वका क्षेत्रको अवलोकन भ्रमण गरेका छन्।  शनिवार लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) सहितको टिमले देवदहको भवानीपुर सहित कन्यामाई, बैरिमाई लगायतका स्थलको अबलोकन भ्रमण गरेका हुन् ।

    images
    images
    images

    दिउसो १ बजे भवानीपुर आएका राष्ट्र गुरू भिक्षु  सयाडोले भवानीपुरमा केहिबेर देवदह र भवानीपुरबारे आफुले अध्ययन गरेका र बुझेका विषयबस्तुको बारेमा उपस्थितहरूलाई जानकारी गराएका थिए।  उपस्थित माझ आफ्नो कुरा राख्दै भिक्षु सयाडोले लुम्बिनी असामान्य भुमि रहेको बताएका थिए। बुद्ध सम्बन्धि पुस्तकमा आफुले अध्ययन गरेको गरेको भन्दै सो क्रममा भिक्षु सयाडोले कपिल ऋषिले तत्कालिन अवस्थामा कपिलबस्तुमा सर्प र भ्यागुतोको लडाईमा सर्पले भ्यागुतो नभई भ्यागुतोले सर्प मारेको देखेको र त्यहिबाट कपिलमुनी  ऋषि यो क्षेत्र विशिष्ट रहेको बताएको किम्बदन्ती सुनाएका थिए। 

    images
    images
    images
    बर्माका राष्ट्र गुरू.jpeg
    भवानीपुरमा स्थानियसंग कुरा गर्दै बर्माका राष्ट्र गुरू भिक्षु सितागु सयाडो, साथमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) लगायत भिक्षुहरू । तस्वीर: विष्णु पोखरेल/सेतोमसी

     कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मी सहित स्थानिय राजनितिककर्मीहरूको उपस्थिति रहेको थियो। 

    images
    images
    images

    देवदह अवलोकन सकिएपछि राष्ट्र गुरू भिक्षु  सयाडोले रामग्रामको अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष  ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताए। 

    सितागु सयाडो एक बर्मी ध्यान शिक्षक र प्रख्यात बौद्ध विद्वान हुन्। उनी सितागु अन्तर्राष्ट्रिय बौद्ध एकेडेमीका संस्थापक पनि हुन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।