Logo

२०८३, श्रावण ३१गते


images
images

कविता: चरित्र

कविता: चरित्र

images
  • कविता: चरित्र
    images
    images

    कविता: चरित्र

    images
    images
    images

    घाँटीमा नीलो डाम 
    तन्किएको शरीर
    खुल्ला आँखा 
    भुतलिएको कपाल
    च्यातिएका कपडाहरु
    धुलोले लतपत भएको शरीर
    शरीरमा हातका डामहरु
    बक्षस्थलमा नग्राले 
    चिथोरिएका दांगहरु
    खोलिएको सुरुवालको ईजार
    सुरुवालमा लागेका 
    रगतका टाटाहरू 
    डोरीमा झुण्डिएको शरीर
    मानिसहरूको भीडभाडको बीचमा
    बहुलाई जस्तै हिड्थी  मरिछ भन्नेहरु 
    बाटोमा हिँड्दा लखेट्नेहरु 
    मृत्युपछि प्रसंशा गर्दै 
    तस्बिर खिच्ने होडबाजीमा 
    फेसबुकमा तस्बिर पोस्ट्यौउँदै
    बाँचुन्जेलका अपराधीहरू
    मरेपछि संवेदनाका वाहक बन्दै
    बाँच्दा लखेट्नेहरु
    मर्दा रुनेहरुको बीचमा
    बाँच्न खोज्दा ओँठमा टोकिएका ती घाउहरू
    बक्षस्थलमा च्यातिएका  कपडाहरु
    ईजार फुत्काई रमाउँदा लागेका रगतका 
    टाटासगै सन्तुष्टि लिने 
    अपराधीलाई बाँच्ने आधार बनाउँदै
    कुकर्मलाई पासोसंग बेच्दै
    बाँचुन्जेल मात्र होइन्
    मृत्युपछि लाससंग खेल्दै
    बलत्कारी मात्र होइन 
    पुरै समाज अपराधी बन्दै
    बाँचुन्जेल नदेखिएका
    मानिसहरुको झुण्ड मलामीको रूपमा
    मसान घाटमा धुवाँसंगै
    मानवीय चरित्र उडाउँदै ।

    images
    images
    images

    - नारायण कोइराला 
    तानसेन, पाल्पा

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # चरित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।