काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् ।
आइतबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको बैठकमा सहभागी भएपछि डा.भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनले ट्वीटरमा पनि सोही कुरा लेखेका छन्, ‘हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?’
साथै डा.भट्टराईले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म देशमा एउटा वा अर्को गठबन्धनको सरकार अनिवार्य बनेको पनि टिप्पणी गरेका छन् ।
यस्तो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ, लचकता र त्यागको भावना देखाउनु पर्ने उनको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology