रेशम अधिकारी , सुनवल । केहि सातादेखि तराईमा चिसो बढेको कारण जनजीवन कष्टकार बनेको छ । चिसो बढेसंगै मानिसहरु हिटर, आगो र न्यानो कपडाका साथ जाडो सामाना गरिरहेका छ्न् ।
देशभर चिसो बढेसंगै केहि स्थानीय तहले बिपन्न परिवारलाई कतै न्यानो कपडा त कतै चोक चोकमा आगो ताप्न मुढा, दाउरा बितरण गरेका छन् ।
एक रुखमा किला ठोकेर लेखिएको छ लोकेश्वर सामुदायिक बन र त्यस्का मुनि छ्न्न कुहिन लागेको मुढा, दाउरा र गुल्ली देखाउदै सुनवल ७ चारपालाका स्थानीयले गुनासो गरे `यहाँ यस्तो हालत छ यो मुढा कुहिन लागेको छ तर जनताको घरमा यो जाडोमा बाल्न आगो छैन´ उनले थपे `यिनिहरुले बनमा रजाइ गरेका छ्न् सामुदायिक बनको दाउरा यसरी लापरबाही गर्न पाइन्छ ।

लोकेश्वर सामुदायिक वनले चारपालामा विभिन्न समयमा काठ बेचेको र काठका लागी उपयुक्त नभएको मुढा त्यस ठाउमा थुपार्ने गरेको छ । ती थुपार्ने गरेका मुढा न बिक्री हुन्छ न त केही सदुपयोग त्यो राक्दा राक्दै कुहिएर जानेको गरेको छ । उक्त वनका अध्यक्ष कृष्ण लाल काफ्लेले पटक पटक दाउरा झार्ने आश्वासन दिए पनि त्यो पूरा नभएको स्थानीय बताउँछन्।
सुनवल नगरपालिका वडा नं, ७ भित्र दुई सामुदायिक बन छ । तर चिसो बढेपनी ती बनले नत दाउरा उपलब्ध गराउछ नत मुढा नै । यता ज्यामिरे सामुदायिक बनाकी अध्यक्ष टिचन गुरुङले संस्था संङ आवश्यक रकम नहुदा मुढा र दाउरा बितरण गर्न नसकेको बताउछिन् उनले नगरपालिकाले मुढा निकाल्न जेसिबी उपलब्ध गराए बनले मुढा दिने बताइन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology