पश्चिम् नवलपरासी । सुनवल नगरपालिका वडा नम्वर ७ मा एकहप्ते कानुनी साक्षरता तथा उद्घोषण तालिम सुरु भएको छ । महिला उद्यम तथा व्यवस्थापन समिति सुनवल -७ को आयोजनामा तर्गौलीमा आज (बुधबार)वाट एकहप्ते कानुनी साक्षरता तथा उद्घोषण तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै सुनवल नगरपालिका प्रमुख बिमला अर्यालले तालिम लिईसकेपछि महिलाहरुको नेतृत्व विकास भई हरेक क्षेत्रमा अगाडि बढ्न सहयोग गर्ने बताइन् । सुनवलका महिलाहरू सिंगो लुम्बिनी प्रदेशकै नेतृत्व गर्न सक्षम रहेको अनुरोध गर्दै प्रमुख खरेलले आफुमा रहेको क्षमतालाई बाहिर ल्याउन यसप्रकारका तालिमहरू सहयोगी हुने धारणा व्यक्त गरिन्।
कार्यक्रममा बोल्दै सुनवल नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्य तथा वडा सदस्यहरू तुलसी ज्ञवाली, गायत्री परियार, ओमप्रकाश थारु, लालबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्दै तालिम सफल हुने विश्वास व्यक्त गरेका थिए।
उद्घाटन कार्यक्रम महिला उद्यम तथा व्यवस्थापन समिति वडा नम्वर ७ का अध्यक्ष लक्ष्मी अर्यालको अध्यक्षता तर्गौली टोल सुधार समितिका अध्यक्ष विश्वनाथ यादवको स्वागत तथा पत्रकार रेशम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा सुनवल नगरपालिका वडा नम्वर ७ भित्रका ६० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण डिजिटल पत्रिका सेतोमसी डटकमले गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology