२८ जेठ काठमाडौ । युरोपेली राष्ट्रबीचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरोकप शुक्रबार आजबाट सुरु हुँदैछ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो ।
प्रतियोगिताको उद्घाटन खेल इटालिमा हुनेछ । इटालीको रोममा हुने पहिलो खेलमा घरेलु टोली इटाली र टर्कीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक स्टेडियममा हुने उद्घाटनखेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यो पटकको युरोकप युरोपका ११ सहरमा हुंदैछ । ११ जुनदेखि ११ जुलाईसम्म ११ शहर (लन्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्ग) मा आयोजना हुने युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । ।
युरोकपको समूह विभाजन यस्तो छ :
समूह ‘एं’ – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह ‘बी’ – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह ‘सी’ – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह ‘डी’ – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ‘ई’ – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह ‘एफ’ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology