काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनता समाजवादी पार्टीका नेता एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङ्गे) लाई लुकाएको आरोप लगाएका छन् । विहिवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसदमा विश्वासको मत दिनेबारे चलेको मतदान प्रक्रियामा मनाङ्गे सहभागी नभएको प्रशङ्ग उल्लेख गर्दै थापाले उक्त आरोप लगाएका हुन् ।
सामाजिक संजालमा राजीव गुरुङले डा. भट्टराईसंगको तस्वीरमा 'डा. बाबुराम भट्टराई दाईसंगको सार्थकता' भन्ने क्याप्सन सहित शेयर गरेको पोस्टको स्कृन सर्ट पोस्ट गर्दै थापाले संसदमा मनाङ्गेको अनुपस्थितिबारे शंका ब्यक्त गरेका हुन् ।
'गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दिपक मनाङ्गेलाई आखिर कसले लुकाएको रहेछ ?' भन्दै थापाले गण्डकी प्रदेशमा ओली निकट एमालेको सरकार ढलाउनमा डा. भट्टराईको हात रहेको आशंका ब्यक्त गरेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology