२९ जेठ एजेन्सी । युरोपेली राष्ट्रबीचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरोकपको उद्घाटन खेलमा इटलीले टर्कीलाई हराएको छ ।
शुक्रबार इटालीको रोम सहरमा भएको खेलमा इटलीले टर्कीलाई दबाबमा राख्दै ३–० गोल अन्तरले खेल जितेको हो । खेलको पहिलो हाफसम्म कुनै टिमले गोल गर्न नसके पनि दोस्रो हाफ भने टर्कीका लागि अति मुस्किलपूर्ण रह्यो ।
दोस्रो हाफको सुरुवातमा आत्मघाती गोलको सहायताले इटाली अघि बढेको थियो । ५३ औं मिनेटमाटर्कीका डिफेन्डर मेरीह डेमिरलको आत्मघाती गोल थियो । ६६ औं मिनेटमा चिरो इम्मोबिलेले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ७९ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३-० ले अघि बढाए ।
यस जितसँगै इटालीले समूह ए मा ३ अंक जोडेको छ । यसै समूह अन्तर्गत शनिबार वेल्स र स्विटजरल्यान्डले नेपाली समयानुसार साँझ ६:४५ बजे खेल्नेछन् । इटालीले दोस्रो खेल स्वीटजरल्यान्डसँग खेल्नेछ भने टर्कीले बुधबार वेल्ससँग खेल्ने छ ।
युरोकपको समूह विभाजन यस्तो छ :
समूह ‘एं’ – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह ‘बी’ – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह ‘सी’ – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह ‘डी’ – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ‘ई’ – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह ‘एफ’ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology