सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले विभिन्न ४ वटा विधेयक पारित गर्दै नगरसभा सम्पन्न गरेको छ । बुधबार सम्पन्न १२ औ नगरसभाले २ वटा नया विधेयक र अन्य २ वटा विधेयक संशोधन गर्दै बहुमतले पारित गरेको हो ।
नगरसभामा सामाजिक विकास समिती संयोजक भगवती बस्यालले पेश गरेको स्वास्थ्य बिद्येयक २०७९, खानेपानी तथा सरसफाई सम्बन्धी ऐन २०७७ प्रथम संशोधन बिधेयक नगरसभामा बहुमतले पारित भएको छ ।
यस्तै आर्थिक बिकास समितीका संयोजक देव गुरुङ्गले पेश गरेको सहकारी ऐन, २०७५ को प्रथम संशोधन बिद्येयक र भू-उपयोग योजना, २०७९ बिद्येयक पनि बहुमतले पारित भएको छ ।
नगरसभाले लेखा समितीका सदस्य सचिव राजेन्द्रप्रसाद सापकोटाले प्रस्तुत गरेको लेखा समितीको प्रतिबेदन पनि बहुमतले पारित गरेको छ ।
नगरसभामा नगरप्रमुख बिमला अर्यालले प्रस्तुत गरेको पाँच बर्षे योजना तथा कार्यक्रम समेत नगरसभामा बहुमतले पारित भएको थियो ।
नगर सभामा नगर उपप्रमुख सुर्य प्रसाद दुवेले चालु आवमा नगरको कुल बजेट १ अर्व १८ करोड १८ लाख ६३ हजार ७०२ रहेकोमा आर्थिक विकास तर्फ १० करोड ४१ लाख ६० हजार, सामाजिक विकास तर्फ ४१ करोड ८८ लाख ५९ हजार, पुर्वाधार विकास तर्फ ३९ करोड ८५ लाख ६ हजार, शुसासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु ९ करोड ३९ लाख ३९ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड ६३ लाख ९९ हजार विनियोजन गरिएकोमा आन्तरिक राजश्व ३ करोड २४ लाख तथा गत वर्षको वार्षिक मौज्दात २७ करोड १३ लाख ४६ हजार, राजश्व वाडँफाँडबाट ५ करोड ६७ हजार गरी नगरपालिकाको सञ्चीत कोषमा ६३ करोड ४० लाख ५३ हजार ४ सय ७९ रकम जम्मा भएको जानकारी दिए ।
उहाले नगरपालिकामा हालसम्म चालु तर्फ २१ करोड ८४ लाख ९३ हजार अर्थात् ४१ प्रतिशत र पूजीगत तर्फ २२ करोड ६ लाख १३ हजार रुपैँया अर्थात् ३३ प्रतिशत बजेट खर्च भएको जानकारी दिए।
नगरसभामा नगरप्रमुख विमला अर्यालले नगरको पाँच बर्षे दीर्घकालिन लक्ष्य र योजना अन्र्तगत शुसासन तथा संस्थागत विकास,आर्थिक विकास,सामािजक विकास,पुर्वाधार विकास,वन वातावरण तथा विपद व्यवस्थापन तर्फका विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेकी थीइन्।
नगरको पाँच बर्षे दीर्घकालिन सोच प्रस्तुत गर्दै नगर प्रमुख अर्यालले शुसासन तथा संस्थागत विकास तर्फ क्षमता विकास योजना निर्माण, सुशासन युक्त भौतिक पुर्वाधार निर्माण, संगठनात्मक संरचना अध्ययन र स्वीकृति एक वडा ५ कर्मचारी, सुनवल नगरपालिकाको सञ्चार गृह निर्माण, आर्थिक विकास तर्फ आत्मनिर्भर कार्यक्रम, कृषिमा आधुनिकिकरण र यान्त्रिकीकरण, भू उपयोग योजना निर्माण, सास्कृतिक संग्राहलय स्थापना, एक नगरपालिका एक पहिचान युक्त कृषि उत्पादन,युवा स्रोजगार तथा उद्यम विकास लगायतका लक्ष्य तथा योजना समावेश गरेकी छन्।
यस्तै सामािजक विकास तर्फ नमुना विद्यालय कार्यक्रम, स्वस्थ्य चौकी अस्पताल भौतिक पुर्वाधार सुधार कार्यक्रम, महिला उद्यम सिप विकास केन्द्र स्थापना र परिचालन, लैगिंक मैत्री नगरपालिका घोषणा, छुवाछुत मुक्त नगरपालिका, हिंसा पिडित कोषको स्थापना र महिला सेफ हाउस संचालन, पुर्वाधार विकास ,वन वातावरण तथा विपद व्यवस्थापन तर्फ उज्यालो नगर घोषणा लगायतका योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यि पाचँ वर्षे दीर्घकालिन लक्ष्य तथा योजना पुरा गर्न१६ अर्वको स्रोत परिचालन हुने जनाइएको छ ।
सुनवल नगरपालिकालाई महिलामैत्री नगरपालिका बनाउने पोषणयुक्त नगरपालिका नो होम डेलिभरी नगरपालिका घोषण गर्ने प्रकृया आगाडि बढाईएको नगरप्रमुख अर्यालले जानकारी दिइन्। सुनवल नगरपालिकाले हालसम्म ७४ वटा कानून निमाणर् गरेको र यस आर्थिक बर्षमा १६ वटा कानून निर्माण गरी कार्यन्वयन रहेको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरामिनीले जानकारी दिए ।
सभामा सुनवल नगरपालिकामा हाल २४ करोड ३१ लाख ७० हजार ९८५ वेरुजु रहेको जानकारी गराइएको थियो । यस्तै सोही अवसरमा नगरपालिकाका विभिन्न योजनाहरु संसोधन गर्नुका साथै खर्च कटौति तथा कार्यक्रम संसोधन निणर्य सभाले पारित पनि गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology