३१ जेठ एजेन्सी- नेदरल्यान्ड्सले १६औँ युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार राति युक्रेनसँग भएको संघर्षपूर्ण खेलमा नेदरल्यान्डले ३-२ गोलको जित निकाल्यो ।
आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो । 
यसैगरी अस्ट्रियाले युरोकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न अर्को खेलमा अस्ट्रियाले नर्थ मासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रियाको जितमा स्टेफान लाइनेर, माइकल ग्रेजोरिस्टिच र मार्को अर्नाउटोभिकले एक एक गोल गरेका थिए । त्यस्तै नर्थ मासिडोनियाका लागि गोरान पानडेभले एक गोल गरेका थिए । 
यसैगरी आइतबारनै भएको अर्को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई हराउँदै विजयी सुरुवात गरेको छ ।
लण्डनस्थित वेम्ली रंगशालामा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।
खेलकाे ५७ औँ मिनेटमा रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । स्टर्लिङले केभिन फिलिप्सको पासमा बललाई पोष्टको दिशा दिएका थिए । जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण तीन अंक जोडेको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology