गुल्मी । गुल्मीकाे रेसुङ्गा नगरपालिका द्वारा आयोजना गरिएको स्वास्थ्य शिविरमा एकैदिन १० जना बढि बिशेषज्ञ डाक्टले सेवा दिएका छन् । जिल्लामा बिशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न पाल्पा, बुटवल, काठमाडौं जानु पर्ने बाध्यता छ । जिल्लामै बिभिन्न रोगको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना रहेको स्वास्थ्य शिविरमा चौराहा हस्पिटल प्रालि बुटवल र गुल्मी अस्पतालको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर गरिएको हो । शिबिरमा १० जना बढि बिशेषज्ञ डाक्टर द्वारा न्यूरो स्पाइन सर्जरी तथा जनरल ल्याप्रोस्कोपी, हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, छाला तथा चर्म, मानसिक तथा नशा, बाल रोग, जनरल फिजिसीयन, मुटु रोग (ईसिजी) त्यस्तै ओएनएफ एस (मुख स्वास्थ्य सम्बन्धी), भिडियो एक्सरे, नाक, कान घाँटी, दिर्घकालिन दुखाई तथा एनेस्थेसीया कृटीकल, फिजियोथेरापी पुर्नस्थापना लगायतका सेवा प्रदान गरिएको थियो ।
शिविर गुल्मी जिल्लाका बिभिन्न स्थानसँगै छिमेकी जिल्ला अर्घाखाँचीका नागरीकहरुको लागि लक्षित गरेर आयोजना गरिएको थियो ।
रेसुङ्गा नगरवासीसँगै जिल्लाका सबै नागरिकको स्थास्थ्य परिक्षण र बिभिन्न रोग लागेर अनेत्र गएर चेक जाँच गर्न नपाएका नागरीकहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन् । घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ ।
यहिँ सेवा लिन पाल्पा, बुटवल, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले तम्घासमै बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउदा बिरामीहरुले खुसी थिए ।
शिबिरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको हो । रेसुङ्गा नगरपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्दै आइरहेको मेयर पन्थीले पन्थीले बताए ।
स्वास्थ्य शिबिरमा जिल्लामा हाडजोर्नी, नसा र मुटु रोग सम्बन्धीका बिरामी धेरै भेटिएका थिए । हाल जिल्लामा सामान्य उपचार बाहेक बिशेषज्ञ सेवा लिन अनेत्र जानुपर्ने अवस्था रहेको छ । अहिले गुल्मी जिल्लावासीको उपचार गर्दै आएको गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता दिएर हाडजोर्नी र प्रसुती सेवाका बिशेषज्ञ डाक्टरहरु राखेको छ भने अन्य रोगको बिशेषज्ञ डक्टरहरु छैनन् ।
जिल्लामा भौतिक संरचना अभावले पनि बिशेषज्ञ सेवा दिन कठिन रहेको छ । जसको लागि अहिले गुल्मी अस्पतालमा साढे पाँच तलाको अत्यधुनिक अस्पताल भवन निर्माण हुन थालेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology