सुमन महतारा, गुल्मी । गुल्मीकाे रेसुङ्गा नगरपालिकाले नगरभित्रका विद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि अंक ल्याउने ९६ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान तथा चेक हस्तान्तरण कार्यक्रम गरेको छ ।
नगरपालिकाले २०७८ सालको एसइईमा नगरभित्रका विद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि अंक ल्याइ नगरपालिका भित्रका कक्षा ११ मा अध्ययन गर्ने ९६ जना विद्याथीहरुलाई मासिक चार हजारका दरले सम्मान गर्दै चेक हस्तान्तरण गरिएको रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु ज्ञवालीले जानकारि दिए।
नगरपालिकाले दिने मासिक ४ हजारकाे छात्रवृत्ति आज ४ महिनाको १६ हजारका दरले १५ लाख ३६ हजार रुपैयाँ ९६ जना विद्यार्थीलाई हस्तान्तरण गरिएको हाे ।
रेसुंगा नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कार्यविधि नै निर्माण गरी कक्षा ११ मा अध्यान गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न र नगरभित्र विद्यार्थी टिकाई राख्नका लागि आफूहरुले यस्तो खालको नीति लिइएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
मेयर पन्थीले शैक्षिक अभियानले नगर भित्रको उर्जावान शैक्षिक शक्तिको पलायन, अनियंत्रित बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्ने उद्देश्यले सम्मान तथा छात्रवृत्ति कार्यक्रम तय गरिएको थियो। ।
नगरभित्रका शैक्षिक संस्थाहरुलाई शैक्षिकरूपमा चलायमान बनाई राख्न तथा शैक्षिक गुणस्तर वृद्धि गर्न कार्यक्रमले सकारात्मक प्रभाव पार्ने मेयर पन्थीले बताए । "अध्ययन प्रोत्साहन कार्यक्रमले नगरसंगै समग्र गुल्मी जिल्लाकै शैक्षिक क्षेत्रलाई समेत अझ उच्च स्थानमा पुर्याउन मद्दत गर्ने कुरामा आशावादी छौं। आगामी दिनहरूमा नगरबासी माझमा अझ राम्रा र प्रभावकारी कार्यक्रम ल्याई नगरको समुन्नतिको यात्रालाई सफल बनाउन प्रतिबद्ध छौ।" पन्थीले भने।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology