Logo

२०८३, श्रावण ३१गते


images
images

रेसुङ्गा नगरपालिकाद्वारा बार्षिक प्रगति विवरण  सार्वजनिक

रेसुङ्गा नगरपालिकाद्वारा बार्षिक प्रगति विवरण  सार्वजनिक

images
  • रेसुङ्गा नगरपालिकाद्वारा बार्षिक प्रगति विवरण  सार्वजनिक
    images
    images

    अनिष पन्थी , गुल्मी । गत बर्ष बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो त्यसपछि नया जनप्रतिनिधिहरु जनताले निर्वाचित गरि पठाएको एक बर्ष बितेको छ।आफुहरुले कार्यभार समालेको एक बर्ष बितेसङ्गै गुल्मीको रेसुङ्गा नगरपालिकाले पत्रकार सम्मेलन गरि एक बर्ष भित्र गरेका कामको बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ।

    images
    images
    images

    आइतबार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरि नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले प्रगति विवरण सार्वजनिक गरेका हुन।
    प्रशासनिक सेवा अब्बलता गर्दै निर्वाचनमा गरिएका बाचाहरु पूरा गर्दै गएको नगरप्रमुख  पन्थीले जानकारी दिए।
    आफुहरु निर्वाचित भएर यस नगरपालिकामा आएपछि सेवाग्राहीलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको नगरप्रमुख पन्थीले जानकारी दिए।

    images
    images
    images

    वैदेशिक रोजगारमा जाने व्यक्तिलाई केही कुरा सिकि र ज्ञान लिएर जाउन भन्ने उदेश्यले आप्रवासी स्रोत केन्द्र सामी परियोजनाको स्थापना गरेको बताए।यस्तै  शिक्षा तर्फ माध्यमिक शिक्षा परिक्षा एसईई मा ३.६ र सो भन्दा  माथि ल्याउनेलाइ नगरपालिकाले मासिक ४००० दिने घोषण गरेको र यो अहिले कार्यनयन भएको नगरप्रमुख पन्थीले जानकारी दिए ।

    images
    images
    images

    गुल्मीकै शैक्षिक धरोहर  मानिने रेसुङ्गा बहुमुखी क्याम्पसलाई  १ करोड बजेट छुटाइएको साथै ५० लाख भुक्तानी दिएको  र बाकी ५० लाख दिन बाकी रहेको बताए।१८ जना सडक बालबालिका लाई आचरण सुधार सिकाइ शैलि व्यवस्थापन गरिएको, लोकसेवा एवं शिक्षक सेवाका कक्षा  सचालन गरिएको बताए।१४ वटै वार्डमा पन्जिकरणलाइ प्रभावकारी बनाउन भिपिएन  सफ्टवेयर सुचारु गरिएको जानकारी दिए।

    यस्तै स्वास्थ्य अन्तरगत मृगौला रोग पिडितलाइ मध्यनजर गर्दै जिल्लामै पहिलो पटक गुल्मी अस्पताललाई डाइलोसिस मेसिन हस्तान्तरण गरि  सेवा प्रारम्भको तयारी गरिएको,मोतियाबिन्दुको निशुल्क अप्रेसन,हाडजोर्नीको उपचार सेवा,गुल्मी अस्पताल बाटै स्त्री रोग विशेषज्ञ सेवा गरिएको जानकारी दिए।हाडजोर्नी बिशेषज्ञ डाक्टर टिकाइ राख्न सरकारले दिने सेवा सुविधा बराबर नगरपालिकाबाट थप आर्थिक उपलब्ध गराउने नगरप्रमुख पन्थीले जानकारी दिए। 

    यस्तै पुर्वधार तर्फ सालझन्डी ढोरपाटन पटाैटि  सडक खण्डको निर्माण , रेसुङ्गा नगरपालिका ४ मा  बहुउद्देश्यीय सभाहल निर्माणको लागि सुरु, नगरपालिका भित्रका १२ सडकको स्तर उन्नति गरिएको जानकारी दिए। यस्तै कृषि तथा पसुतर्फ  हाट बजारलाई कृषि सहकारी सङ्ग समन्वय गरि सन्चालन गरिएको,उत्कृष्ट कृषक सम्मान,निशुल्क कृतिम गर्वधानका कार्यक्रम सुभारम्भ गरिको जानकारी दिए।

    पर्यटन तर्फ तम्घासको मुटु मानिने चिदिचौरको सौन्दर्यताको सुरुवात ,रेसुङ्गामा बिमानस्थलमा नेपाल एरलायन्सको जहाजबाट नियमित उडानको सुरुवात , नियमित नगर बजार सरसफाइ ,रेसुङ्गा पर्यटन पार्क निर्माण सम्मपन्न ,सहिद एवं थ्री  डि पार्कको निर्माण एवं पुनर्निर्माण सम्पन्न गरिएको जानकारी दिए।यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा बिधुत सव स्टेसनको निर्माण ,नगरमा सिसिटिभी जडान र सडक बत्तीको जडान ,नगरपालिका तम्घास भित्रका तार एवं पोलहरुको व्यवस्थापन समेत गरिएको जानकारी दिए।

    पत्रकार सम्मेलन कार्यक्रममा नगरपालिकाका प्रमुख सहित उपप्रमुख अमृता कुँवर,प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल ,नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष राम प्रसाद पन्थी ,विभिन्न वडाका जनप्रतिनिधि ,कार्यपालिका सदस्य ,नगरपालिकाका कर्मचारीहरु र पत्रकारको उपस्थितिमा कार्यक्रम गरिएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेसुङ्गा नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।