Logo

२०८३, श्रावण ३१गते


images
images

जन्मदै बाङ्गो खुट्टाे भएको बच्चाको गुल्मी अस्पतालमा सफल उपचार

जन्मदै बाङ्गो खुट्टाे भएको बच्चाको गुल्मी अस्पतालमा सफल उपचार

images
  • सेतोमसी सहकर्मी
  • जन्मदै बाङ्गो खुट्टाे भएको बच्चाको गुल्मी अस्पतालमा सफल उपचार
    images
    images

    सुमन महतारा, गुल्मी । गुल्मीको गुल्मी जिल्ला अस्पताल तम्घासमा दुबै खुट्टा बाङगो रहेको एकजना बच्चाको उपचार सफल भएको छ । सामान्य विरामी हुदा पनि रिफर भएर बुटवल काठमाडौं  जानुपर्ने अवस्थामा रहेका गुल्मेलीका लागि जिल्लामै हाडर्जोनीको सफल शल्यक्रिया भएपछि थप खुसि थपिएको छ । 

    images
    images
    images

    जन्मजात दुबै खुट्टा बाङगो जन्मीएपछि ति बच्चाका बुबा रेसुङ्गा नगरपालिका ३ भाडागाउँका  लक्ष्मण पाण्डे बच्चाको उपचारको लागि काठमाडौैै जाने तयारीमा थिए तर उनले एकपटक गुल्मी अस्पतालका हाडजोर्नि बिशेषज्ञ डा. प्रदिप सिवाकोटिलाई देखाउँने निधो गरेर त्यसै अनुसार पाण्डेले डा शिवाकोटिलाई भेटेर बच्चाको अवस्थाको जानकारि गराए ।

    images
    images
    images
    333019873_949881632848411_5057972407730022242_n.jpg
    उपचार अघि बच्चाको अवस्था । फोटो: सुमन महतरा/सेतोमसी 

     डा. शिवाकोटिले आफु जिल्लामा आएपछि यस्तो खालको बिरामि पहिलोपटक हेरेको बताए । उनले बच्चाको खुट्टो नर्मल बच्चाको जस्तो हुन केहि समय लाग्ने पाण्डेलाई जानकारी गराए र उपचार जिल्लामै सम्भव हुने कुरा पनि डा. शिवाकोटीले पाण्डेलाई गराए ।

    images
    images
    images

    उपचार जिल्लामै सम्भव हुने भएपछि पाण्डेले बच्चाको उपचारका लागि बुटवल काठमाडौं नगइ जिल्लामै गराउँने निधाे गरे । 

    त्यसपछि बच्चाको आमालाई एक महिना बच्चाको खुट्टाको व्यामकाे बिषयमा जानकारी गराउँदै एक महिना घरमै राख्न सिवाकोटीले सुझाव दिए ।  एक महिनापछि बच्चाको प्लास्टर राखिने र  प्लास्टर ५ हप्तासम्म प्रत्येक हप्ता एक-एक वटा लगाउँने र ५ ओटा प्लास्टर  लगाउँदा पनि बच्चाको खुट्टा नर्मल बच्चाको जस्तो नभए अपरेसन गरिने उनै डा शिवाकोटिले पाण्डेलाई जानकारी गराए ।

    पाचवटा प्लास्टर लगाउँदा पनि खुट्टाको नर्मल बच्चाको जस्तो नभए पछि अपरेसन गरिएकाे उनै डा. शिवाकोटीले बताए । बच्चाको पाचवटा प्लास्टर र एउटा अपरेसन पछि बाङ्गाे खुट्टाे नर्मल बच्चाको जस्तो ठिक भएको उनै डा. शिवाकोटीले बताए ।

    जिल्लाबाटै काठमाडौंबाट उपलब्ध हुने सेवा पाउँदा अत्यन्तै खुसि भएको उनै बच्चाका बुबा लक्ष्मण पाण्डेले बताए । उनले गुल्मी अपताल, रेसुङ्गा नगरपालिका र डाक्टरलाई धन्यवाद समेत व्यक्त गरे ।

    333139073_2443853369095100_3149631993952582729_n.jpg
    उपचार पछि  बच्चाको अवस्था । फोटो: सुमन महतरा/सेतोमसी 

    दिनमा सय जनाबढि हाडजोर्नीका बिरामी चेकजाँच गर्छन् डा. शिवाकोटी। उनले हप्तामा दुई दिन गरि १४ वटा अपरेसन गर्छन् ।

    'अझै एक दुई जना एमबिबिएस डाक्टर भएको खण्डमा धेरै सहज तरिकाले सेवा दिने' डाक्टर सिवाकोटी बताउँछन्  ।
      
    जिल्लामै बिशेषज्ञ चिकित्सक नभएको समयमा  रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको थियो । 

    'पहाडी अस्पतालमा डक्टरहरु पनि आउन नमान्ने भएकाले जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालेका थियौं' हामीले साेचेजस्तै नागरिकले सेवा पाएकाे र लिएकोप्रती खुसी भएको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।