२ असार एजेन्सी- फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा जर्मनीलाई हराएको छ । मंगलबार राति भएको खेलमा आत्मघाती गोल उपहारले फ्रान्सले जर्मनीलाई १-० गोलले हराएको हो ।
म्युनिखस्थित एलिनाज स्टेडियम जर्मनीमा भएको खेलमा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । खेलको २० औं मिनेटमा जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।
खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा करिम बेन्जिमाले गोल गरेपनि भिडिओ असिस्टेन्ट रेफ्री भीएआरले मान्यता दिएनन् ।
खेलमा जर्मनीले पोष्ट लक्षित १० वटा गाेल प्रहार गरेको थियो भने फ्रान्सले जम्मा चार वटा प्रहार गरेको थियो । तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology