Logo

२०८३, श्रावण ३०गते


images
images

युरोकप फुटबल १६ औं संस्करण

इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश

इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश

images
  • इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश
    images
    images

    ३ असार एजेन्सी । इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा भएको खेलमा जित निकाल्दै इटाली युरोकप फुटबलको यो संस्करणमा अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली पनि बनेको छ । 

    images
    images
    images

    बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । इटालीले २ खेलमा ६ अंक जोडेको छ ।Insigne-Switzerland.jpg

    images
    images
    images


    वेल्स बलियो दावेदारी
    यस्तै समूह ए को सबैभन्दा कमजोर मानिएको टिम टर्कीमाथि जित निकाल्दै वेल्स नकआउट नजिक पुगेको छ । 
    बुधबार राति भएको खेलमा वेल्सले टर्कीलाई २–० गोल अन्तरले पराजित गर्न सफल भएको हो । बाकु ओलम्पिक स्टेडियममा वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे ।

    images
    images
    images

    यस जितसँगै समूह ए को वेल्स २ खेलमा ४ अंक जोडेर राउन्ड अफ सिक्सटिनका लागि बलियो दावेदारी दिएको छ । वेल्सले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।win_1623866540573_1623866545942.jpg


    रुसले फिनल्यान्डलाई हरायो
    युरोकप फुटबलअन्तर्गतनै समूह बी को खेलमा रुस विजयी भएको छ । बुधबार बेलुका भएको खेलमा रुसले फिनल्याण्डमाथि १-० को जित दर्ता गरेको हो । प्रतियोगितामा रुसको यो पहिलो जित हो । उसका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा अल मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो ।
    पहिलो खेलमा विजयी भएको फिनल्याण्ड दोस्रो खेलमा भने परातिज भयो । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।

    1230907.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोकप फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।