Logo

२०८३, आश्विन १०गते


images
images

प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुधामकाे वैभवता र हेर्नैपर्ने ठाउँहरू (फोटो फिचर)

प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुधामकाे वैभवता र हेर्नैपर्ने ठाउँहरू (फोटो फिचर)

images
  • प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुधामकाे वैभवता र हेर्नैपर्ने ठाउँहरू (फोटो फिचर)
    images
    images

    कृष्ण अन्जान /सुन्दर कसजु, रुरुधाम। एक कोषीय परिधिमा अवस्थीत रुरुक्षेत्रमा दर्जनौ मन्दिरहरु रहेका छन। सानो क्षेत्र भएर पनि यती धेरै मन्दिरहरुले सुसज्जित हुनु यस्को ठुलो बिषेशता हो जसले पर्यटक हरुलाई निक्कै आकर्सित गर्ने गरेको छ्। 

    images
    images
    images

    ऋषीकेशव मन्दिर,सत्येश्वर महादेव,भ्रिगुतुङेश्वोर महादेव तथा अचम्मेश्वोर गुफाले यो क्षेत्रमा मात्र नभइ देशमै प्रशिद्धी कमाएको छ्। यहाँको मन्दिरहरुको बारेमा बेद पुराण तथा इतीहासहरुमा समेत पढ्न पाइन्छ। यहाँ करीक ४० भन्दा बढी मन्दिरहरुहरु रहेका छ्न। अहिले पनि रिडी क्षेत्र भित्र मन्दिरहरुको निर्माण श्रिङखला जारी छ। यस शिर्षकमा हामी यस क्षेत्र भित्रका सम्पूर्ण मन्दिरहरुको चर्चा गर्न गइराखेका छौ:

    images
    images
    images

    ऋशीकेश मन्दिर :

    ऋशिकेश मन्दिर देशकै सुप्रशिद्ध मन्दिरहरु मध्येको एउटा मन्दिर हो। नदी किनारमा रहेको संसारका प्रसिद्ध मन्दिरहरु जस्तै यो मन्दिर पनि काली गण्डकीको किनारमा रहेको छ्। ईतिहासका अध्येताहरुका अनुसार १२औं शताब्दी तिर यो मन्दिर गल्फुले गुफाको पुर्बी भाग(बिष्णु पञ्जर)मा रहेको र कालान्तरमा कालीगन्डकीमा आएको भिषण बाढीका कारण पहिरो जाँदा यस मन्दिर र भित्रको मुर्ती कालीगण्डकीमा बिलिन भएको कुरा उल्लेख गरीएको छ्। पछी सोही मुर्ती १६औं शताब्दीतिर पाल्पाली राजा मणीमुकुन्द सेन कालिगन्डकीको दोभानमा स्नान गर्ने क्रममा फेला परेको विश्वाश गरीएको छ्।

    images
    images
    images

    यो मुर्ती कृष्ण बर्णको ३ फुट ९ इन्च अग्लो रहेको छ्। १८१९ मा रणदल पाण्डेले कमलको फुल आकारको मन्दिर बनाइ मुर्तीलाई यस मन्दिर भित्र स्थापना गरेका थिए। मन्दिरको पूजा आजा चलाउनको लागि राजा मणी मुकुन्दसेनले गुठी लालमोहरको ब्यबस्था गर्नुका साथै नित्य पूजाको लागि अर्गलीका भट्टराइ ब्राम्हणहरु लाई लालमोहर लगाइ नित्य पूजारी रहने ब्यबस्था गरिदिएका थिए। अहिले यो गुठी सँग ७०० रोपनी जग्गा रहेको छ्।

    रुरुधाम.jpg


     

    बिक्रम सम्वत १८९५मा दिर्घनारायण श्रेष्ठले यस मन्दिरको रथ यात्रा गरी ऋशिकेशव उत्सब मनाउने परम्पराको प्रारम्भ गरेका थिए । प्रत्येक बर्षको हरीबोधनी एकादशी र द्वादशीको दिनमा यो उत्सब मनाइन्छ।एकादशीको दिन रिडी बजार बाट फलफुल र प्रसाद सहित पञ्चे बाजा बजाइ जात्रुहरु ऋशिकेशव मन्दिर जान्छन। द्वादशीको दिनमा बाजागाजा सहित भब्यरुपमा रथलाई रिडी बजार परीक्रमा गराइन्छ। रथ यात्राको समयमा हजारौ मानिसहरु देश तथा बिदेशबाट समेत आउँछन्। यो दिन यहाँका मानिसहरु ब्रत बसी भगवान ऋशिकेशवको आराधना गर्छन्। पौराणिक कथन अनुसार यो दिनमा कालीगन्डकीमा स्नान गरी ऋशिकेशव भगवानको दर्शन गरेमा मुक्ती पाइन्छ भन्ने मान्यता रहेको छ्।

    सत्येश्वोर महादेव: 

    ऐतीहासिक महत्वो राख्ने यो मन्दिरको स्थापना बि.सं.१८७९ मा नेपालका तत्कालिन प्रधानमन्त्री भिमसेन थापा द्वारा गरिएको हो। बंगलामा रहेको यो मन्दिर भिमसेन थापाले आफ्नी आमा सत्येरुपाको ईच्छा बमोजिम निर्माण गरिएकोले यसको नाम सत्येश्वोर महादेव मन्दिर राखीएको हो। उनले यो मन्दिरको बगलमा एउटा पौवा समेत निर्माण गरेका छन,जस्लाई भिमसेन पौवाको नामले चिनिन्छ। मन्दिर र पौवाको निर्माण सँगै यसको नित्य पूजा सन्चालनको लागि १५६ रोपनी जग्गा सहित गुठीको ब्यबस्था गरिदिएका थिए। यही गुठीको माध्यम बाट अहिले  पनि यसको नित्यपूजा चलीराखेको छ्। यो मन्दिर र पौवाको  बारेमा नेपालको इतीहासमा पढ्न पाइन्छ।  

    सत्यश्वर .jpg

    शोभा भगवती :

    यो मन्दिर रिडी बजारको माझमा रहेको छ्। यस भित्र रहेको भगवतीको मुर्ती काठमाडौंको शोभा भगवतीमा प्राण प्रतिस्ठा गरी जल धारा गर्दै यस मन्दिरमा स्थापित गरिएको थियो। त्यसैले यो मन्दिरको नाम पनि शोभा भगवती राखिएको हो। भाद्र शुक्ल नवमीमा रथयात्रा हुने यो मन्दिरको स्थापना भक्तबिर श्रेष्ठले गरेका हुन।

    गायत्री मन्दिर:

    यो मन्दिर ऋशिकेश मन्दिरको बगलमा रहेको छ्। यसको स्थापना डन्डी स्वामी कृष्ण बोधाश्रम द्वारा २०१९ सालमा गरिएको हो। यो मन्दिर अत्यन्तै जिर्ण भएपछी हालसासै स्थानिय ब्यक्तीहरु सँग चन्दा संकलन गरी पुनरनिर्माण गरिएको छ्। यो मन्दिर भित्र सँगमर्मरको गायात्री देवीको मुर्ती रहेको छ्। यसको नियमित पूजा चलाऊन गुठीको ब्यबस्था गरिएको छ्। यसको गुठी सँग ५ बिघा जग्गा रहेको छ्। जसबाट वार्षिक २५००० रुपैया आम्दानी हुने गर्छ।

    रुरुधाम। .jpg

    मणीमुकुन्देश्वोर महादेव:

    बिक्रम सम्वत १५३०मा पाल्पाली राजा मनिमुकुन्द सेनले यो मन्दिरको निर्माण गरेका थिए। मन्दिर स्थापनाको समयमा गुठीको ब्यबस्था गरी यो मन्दिरको पूजाको जिम्मेवारी मानकोटेहरु लाइ दिएका थिए,जसले आहिले पनि निरन्तर्ता पाएको छ्। 

    रिडि .jpg

    लक्ष्मी नारायण मन्दिर: 

    रिडी बजारको भक्तेनी टोलमा अबस्थित यो मन्दिरको निर्माण मानकोट बाट कल्पवास बस्न आएकी लीला कुमारी द्वारा गरिएको हो। यो मन्दिरको नित्य पूजाको लागि गुठीको ब्यबस्था छ्। 

    रुरु कन्या(गल्फुल परिसर):

    हरीतालिका तिजको दिन बिशेष पूजा हुने यो मन्दिर रिडी बजारको गल्फुल परिसरमा रहेको छ्। पौराणिक मान्यता अनुसार रुरु कन्याले यसै गल्फुल परिसरमा तपस्या गरेको विश्वाश गरिन्छ । त्यसैले यसै स्थानमा २०४२ सालमा रुरु कन्याको शिला स्थापित गरी मन्दिर निर्माण गरिएको हो। यो मन्दिरको आसपासमा गुफाहरु पनि रहेको छ्। त्यस्तै यो स्थान लाइ बिशेष आकर्शक बनाउन रुरु रेशुङा सम्रक्षण तथा पर्यतन बिकास समितीले १३ फिट अग्लो  देवदत्त ऋशीको मुर्ती निर्माण गरेको छ्।

    गम्भिर मुक्तेश्वर महादेव: 

    रिडी बजारको थाडो गल्लीमा रहेको यो मन्दिरको निर्माण १९७९ सालमा कर्णेल बहादुर गम्भिर सिंह रायमाझीके श्रीमती तिल कुमारीले गरेकी हुन। यो मन्दिरको भित्र भागमा नौ वटा शिवलिङ रहेको छ्। 

    गोपेश्वोर महादेव:

    कालिका स्थानमा रहेको यो मन्दिर २०१८ साला भन्दा अगाडि काली गन्डकीको ततमा रहेको थियो। तर ०१८ सालको बढीले यो मन्दिरलाई भत्काएपछी हालको स्थानमा सारीएको हो।

     यसका अतिरिक्त दर्जनौँ मन्दिर रुरुधाममा रहेका छन भने तिनमुखे पुलले रुरुधामकाे पर्यटनमा नयाँ आयाम थपेकाे छ ।

    रुरुधाम।  .jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।