Logo

२०८३, आश्विन ९गते


images
images

वर्षौंदेखि रुरुधामकाे श्राेतसाधन दाेहन भयो, तर बनेन व्यवस्थित घाट

वर्षौंदेखि रुरुधामकाे श्राेतसाधन दाेहन भयो, तर बनेन व्यवस्थित घाट

images
  • सेतोमसी सहकर्मी
  • वर्षौंदेखि रुरुधामकाे श्राेतसाधन दाेहन भयो, तर बनेन व्यवस्थित घाट
    images
    images

    कृष्ण अन्जान, गुल्मी । शनिवार बिहानै रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विक आफ्ना केही सहयाेगीसँग रुरुधामबाट कालीगण्डकी नदिकाे किनारमा सरसफाइमा जुटेको देखिए ।

    images
    images
    images

    कालीगण्डकीकाे किनारकाे फाेहाेर देखिनसक्नु भएपछि वडाध्यक्ष नवराज विक, टाेल समितिका अध्यक्ष प्रेम भण्डारी, मदन भण्डारी स्पाेर्ट एकेडेमी गुल्मीका अध्यक्ष चिरन्जिवि ज्ञवाली लगाएतकाे टाेलिले बिहानैभरि घाट सफा गर्याे ।

    images
    images
    images

    रुरुधाममा आउने तिर्थयात्रिहरुकाे पहिलाे कार्य भनेकाे कालीगण्डकी नदिमा स्नान हाे तर त्यहि कालीगण्डकीकाे सरसफाइ प्रमुख समस्याकाे रुपमा देखिएको छ ।

    images
    images
    images

     रुरुधाममा पुग्नुलाइ हिन्दु धर्मावलम्विहरुले दामाेदर कुण्डबाट मुक्त क्षेत्र हुँदै रिडीमा आईपुग्ने कालीगण्डकीकाे स्नानलाइ प्रमुखताकाे रुपमा लिन्छन । पौष माघकाे कठ्याँग्रिने जाडाेमा पनि कालिनदीमा डुबुल्की लगाउने धर्मावलम्विकाे ताँति किनारमा भेटिन्छ ।

    हिन्दु शास्त्र भन्छ- 'मानिस जन्मीँदा लिएर आउने देव ऋण, पितृ ऋण र ऋषि ऋण मुक्त क्षेत्रबाट बग्दै आउने कालिगण्डकीमा स्नान गर्नाले यी ऋण बाट मुक्ति पाइन्।' यहि मान्यतामा परापुर्व कालदेखि रुरुधामकाे महत्त्व अत्यधिक छ ।

     धर्मावलम्विहरु आउँदै गर्दा कालिगण्डकी नदि तटमा व्यवस्थित नुहाउने घाटकाे समस्या बारे चर्चा गर्छन ।
    माथि भर्खर शब जलाएर सलाे पखाल्दै गर्दा तल तिर्थालुहरुले त्यहि सलाे पखालेर खरानीसँगै मिसिएकाे गँगाजलमा डुबुल्की मार्दै गरेका हुन्छन भने त्यहि गँगाजलले आचमन गर्न विवश छन ।

    पहिले काली गण्डकी लामा चौतारीबाट बग्थ्याे र त्यतिवेला लामाचौतारि क्षेत्रमा केही व्यवस्थित थियाे माथि तिर्थालुहरुले गँगा जलमा स्नान गर्थे। रिडी खाेला र कालिगण्डकीकाे दाेभानमा दाहसंस्कार हुन्थ्याे तर काली गण्डकी वहाव पर पुगेपछि घाट व्यवस्थित हुन सकेन ।

    यहि नदिकाे बालुवा दाेहन गरेर राज्यका निकायहरु चल्न थालेकाे बर्षौँ भयाे। तर एउटा व्यवस्थित शवदाह गृह वन्न सकेन।  'इच्छाशक्ति नभएपछि केही काम पनि हुँदाे रहेनछ' रिडीका युवा प्रेम भण्डारी भन्छन ।

    पटकपटक विद्युतीय शवदाह गृह बनाउने, घाट व्यवस्थापन गर्ने भनेर हल्ला चलाइयाे। बजेट आयाे अब बन्छ भनियाे तर वार्षिक रुपमा कराेडौँकाे वालुवा बिक्रीबाट आउने बजेट याे क्षेत्रमा आधुनिक शव दाह गृह  बनाउनु पर्छ भन्ने कुरा कसैकाे मनमा आएन । 

    रुरुक्षेत्र गाउँपालिकामा पटकपटक याे कुराकाे ध्यानाकर्षण भएपनि रुरुधामलाई हेर्ने दृष्टिकोणमा गाउँपालिकाले विभेदमा गरेकाे  प्रष्ट देखिएकाे छ ।
    बग्ने पानी पवित्र हुन्छ भन्ने मान्यतामा मात्र यसक्षेत्रमा आउनेहरुले कालिगण्डकीकाे तटमा स्नान गर्छन। तर यसरी बग्ने पानीमा सलाे पखालीएपछिकाे खरानी सहितकाे प्रदुषित पानी त बग्छ नै अँगार शब जलाएर रहेका आधा जलेका दाउरा पानीमा तैरि रहेकाे भेटिन्छ ।
    शब  ल्याएपछि  कपडा लगायत यहि गँगा जलमा फालिन्छ। र, तिनै फाेहर बाेकेर काली नदि पवित्र बनेर बग्छ ।

    पछिल्लो चरणमा रिडीकाे बृहद गुरुयाेजनाले स्वच्छ कालिगण्डकी बन्छ भनिएकाे छ तर पनि त्याे बनिरहँदा बर्तमान अवस्थामा  शब जलाउने ठाउँ र नुहाउने ठाउँकाे ब्यवस्थापन अत्यावस्यक रहेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।