Logo

२०८३, आश्विन ९गते


images
images

झुम्याे लाेक सँस्कृतिले रुरुधाम

झुम्याे लाेक सँस्कृतिले रुरुधाम

images
  • सेतोमसी सहकर्मी
  • झुम्याे लाेक सँस्कृतिले रुरुधाम
    images
    images

    कृष्ण अन्जान,रुरुधाम । फागुनकाे एउटा बिहान । चिसाे खासै कम भएकाे छैन ।उत्तर तिरबाट कालिगण्डकीकाे चिसाे सिराेटाे चल्दैछ । यही चिसाे सिरेटाेका बिच रुरुक्षेत्रकाे पवित्रधाम रुरुधाममा रहेकाे रुरु सँस्कृत विध्यापिठकाे परिसर सँगै सभाहलमा  साेमवार बिहानै देखि राम्रै चहल पहल छ । त्यहाँको तामझाम देख्दा लाग्छ केही नयाँ कुरा हुने वाला छ । बिस्तारै बिहानकाे चिया बिस्कुटकाेे मेलाे मेसाे सकिए सँगै रुरु सँस्कृत विध्यापिठकाे सभाहल डमक्कै भरिन्छ ।

    images
    images
    images

    नेपाल प्रज्ञा प्रतिष्ठान ,नेपाल नाट्य तथा सँगित प्रज्ञा प्रतिष्ठान ,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका दुई दर्जन भन्दा बढि प्राज्ञ अतिथीकाे रुपमा र स्थानीय गन्यमान्य ,प्राध्यापक ,शिक्षक ,समाजसेवी ,स्थानीय निकायका प्रमुख उपप्रमुख ,वडाध्यक्ष ,वडा सदस्य देखि सर्वसाधारण सम्मले भरिएकाे सभाहलमा हाम्रो पहिचान र हाम्रो परम्पराका बारेमा छलफल कुराकानी र चल्छ ।रुरु सँस्कृत विध्यापिठका प्राचार्य खगेश्वर गौतमले अध्यक्षता गरेकाे कार्यक्रममा आयाेजक सँस्था लाेकवार्ता परिषद नेपालका प्राज्ञ हरुका तर्फबाट काेषाध्यक्ष गायत्री पराजुली ले कार्यक्रमकाे उद्देश्य माथी प्रकाश पारी सकेपछि जित बहादुर रायमाझी ,हुमकान्त पाण्डे ,डाक्टर माेहनि लाल नेपाल ,धनेश्वर नेपाल सत्यवति गाउँ पालिकाकि उपाध्यक्ष निरमाया तरामु ,सुवर्ण लाल कक्षपति ,सत्यवति गाउँ पालिका अध्यक्ष टिकाराम पाण्डे ,रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले कसैले आफ्ना कार्यपत्र र कसैले आफ्ना धारणा राख्ने काम हुन्छ ।प्रमुख अतिथि तत्कालीन महेन्द्र सँस्कृत विश्वविद्यालयका पुर्व उपकुलपति माधवराज गौतमले सँस्कृती बचाउन सकिएन भने पहिचान गुम्न सक्ने बताउँदै सँस्कृती बचाउन सुझाव दिन्छन । सभाहल भित्रकाे ओैपचारिक कार्यक्रमकाे बिट मार्दै गर्दा विध्यापिठ परिसरमा ठाउँठाउँबाट आएका साँस्कृतिक समुहका चहल पहल शुरु भैसकेका हुन्छन ,वास्तवमा लाेक साँस्कृतिक उत्थानका लागि रुरु सँस्कृत विध्यापिठले सँयाेजन गरेकाे याे रमझम लाेक साँस्कृतिक मेला भन्दा कम थिएन ।         

    images
    images
    images

    बाहिर बाट आएका प्राज्ञ पाहुना तथा अन्य गन्यमान्यका अगाडी ठाउँ ठाउँका साँस्कृतिक पहिचान प्रस्तुत हुन्छ । रुरुक्षेत्र ५ बम्घाले सारँगी ,रुरुक्षेत्र १ च्यूरेकले स्थानीय भजन ,रुरुक्षेत्र ४ बलेटक्सार र रानीवासले नेवारी समुदायकाे लाखे नाच र घाेँडानाच ,सत्यवती गाउँ पालिकाकाे एक्सिँगले जिवै मामा र झुरमा रानी नाच र सत्यवतीकाे भार्सेले साेरठी नाचले रुरुधाममा साँस्कृतिक पहिचान पस्किँदा साँच्चै वहुजाती ,वहुसाँस्कृतिक पहिचानमा देश प्रति गर्व लागेर आउँछ ।              

    images
    images
    images

    छाेटाे समयकाे सदुपयोग गर्दै लाेकवार्ता परिषद नेपालकाे सँगाेष्टी र लाेक सँस्कृतीकाे प्रदर्शन गर्न पाउँदा साँस्कृतिक उत्थानमा नया आयाम थपिएकाे रुरु सँस्कृत विध्यापिठका प्रमुख खगेश्वर गौतमले प्रतिक्रिया दिए ।हुनपनि यस्तो बौद्धिक ब्यक्तित्वसँगकाे भलाकुसारी सँगै साँस्कृतिक मेला रुरुधामकाे ईतिहासमा पहिलो मान्नु पर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरुधाम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।