Logo

२०८३, आश्विन ९गते


images
images

रुरुधाममा बन्दै नौलो परियोजना बजेट अभावमा काम प्रभावित

रुरुधाममा बन्दै नौलो परियोजना बजेट अभावमा काम प्रभावित

images
  • सेतोमसी सहकर्मी
  • रुरुधाममा बन्दै नौलो परियोजना बजेट अभावमा काम प्रभावित
    images
    images

    कृष्ण अन्जान, रिडीबजार । पाल्पा गुल्मी र स्याँगजाकाे पवित्र सँगम रुरुधांम मा लुम्बिनी प्रदेशकाे गौेरवकाे रुपमा निर्माण हुन लागेकाे रिडीखाेला तथा कालिगण्डकी नदि नियन्त्रण आयाेजना काे शिलान्यास गर्ने क्रममा तत्कालीन लुम्बिनी प्रदेश का मुख्यमन्त्री शँकर पाेख्रेलले राज्यले लगानी गर्दा त्यसबाट लाभ लिन स्थानिय समुदायले याेजना के हाे यसबारे समुदायले नै याेजना बनाउनु पर्ने बताउँदै रुरु क्षेत्रकाे पर्यटन विकासका लागि रुरु बासि हरुले यसक्षेत्रकाे सभ्यतालाइ पर्यटन सँस्कृतिकाे रुपमा विकास गर्न सुझाव दिएकाे दुईवटा मसिँर पूरा हुँदै गर्दा बजेट अभावमा काम कछुवाकाे गतिमा अगाडि बढेकाे छ ।

    images
    images
    images

    रुरुक्षेत्रकाे विकास कालिगण्डकी परियाेजना निर्माण गर्ने बेलामा हुनु पर्नेमा लामाे समय पछि प्रदेश सरकारले रुरुक्षेत्रकाे धार्मीक पर्यटनलाई अगाडि बढाएकाे हाे । वास्तवमा रुरुक्षेत्रकाे पर्यटन विकास हुँदा पहाडीक्षेत्रकाे समग्र पर्यटनकाे विकास हुने निश्चित छ । तिनचरणमा सम्पन्न गरिने रुरुकाे बृहतर विकासमा तीन अरब लागत अनुमान गरिएकाे छ । पाल्पाको गाइघाट देखि गुल्मीको रुद्रवेणि सम्म ७९ वटा सँरचना गनिर्माण हुने गरि शुरु गरिएकाे रुरुक्षेत्रकाे बृहतर विकास याेजनाले याे क्षेत्रकाे धार्मीक पर्यटनमा ठुलाे महत्त्व राख्छ ।

    images
    images
    images

    परियारजनाकाे पहिलाे चरणमा प्रदेश सरकार र सँघकाे आधा आधा बजेट गरि कुल ३४ कराेड २० लाख ६० हजार छ सय उनानचालिस रुपैयाँकाे लागतमा रिडी तथा कालिगण्डकी नदिमा कुल २ हजार ८ सय बीस मिटर लामाे र सात मिटर अग्लाे अारसिसि रिटर्निँग वालकाे निर्माण सँगै ऋषिकेश मन्दिर तर्फ कालिगण्डकी र रिडीखाेला मा २ सय ८८ मिटरलामाे पारपेट यसै तरि ६सय ६६ थान ग्यावियन बक्स भरि लन्चिँग एप्राेन बनाउने भनिएकाे मा दुबै तर्फ तटबन्ध लगाउने काम जारी रहेकाे छ ।

    images
    images
    images

    मुख्यतया कालिगण्डकी नदिकाे तथा रिडी खाेलामा तटबन्ध निर्माण गरि जमिन सँरक्षण गर्ने र नदि उकाश जग्गा तयार गरि त्यस क्षेत्रमा धार्मीक तथा पर्यटन प्रवर्दनका लागि गुरु याेजना मा उल्लेख भएका सँरचना एवँ पुर्वाधार निर्माण गर्न आवस्यक पर्ने जमिन तयार पार्ने उद्देश्य रहेकाे छ । आयाेजनाकाे कार्यान्वयन तथा सन्चालनबाट स्थानिय दस हजार जनसंख्या लाभान्वित हुने ६० हजार श्रमदिनकाे राेजगारी सिर्जना हुने ऋषिकेश मन्दिर र रिडी बजार वरिपरि साढे २ हेक्टर नदि उकाश जग्गा तयार हुने ऋषिकेश मन्दिर र रिडीबजार वरिपरिकाे ५० हेक्टर जमिन सँरक्षणका साथै धार्मिक पर्यटकीय पुर्वाधार निर्माणका लागि अावस्यक पर्ने शुरक्षित जमिन उपलब्ध हुने परियाेजनाले जनाएकाे छ ।

    २०७७ साल जेठ ११ मा ठेक्का स्वीकृत भएकाे उक्त अायाेजना काे अवधि २०७९ मँशिर १० सम्म २ वर्ष ६ महिना रहेकाे र याे अवधि अगावै गुणस्तरीय निर्माण गर्दै परियाेजना सम्पन्न गर्ने ठेकेदार कम्पनी शर्मा एण्ड सगुनले जनाए पनि काेभिड सँगै निर्वाचन र बजेटकाे अभावलेउ काम गर्न गाह्रो भएकाे र यदि बजेट अभाव भएन भने पहिलाे चरणकाे काम असार मसान्तसम्म पूरा हुने रिडी तटबन्ध काे काम हेरिरहेका शर्मा सगुन कन्ट्रक्सनका साईड इन्चार्ज विराज केशिकाे भनाई छ ।

    तत्कालीन सरकारले शुरु गरेकाे याे परियाेजनाकाे शुरुवात ताकका पर्यटन मन्त्री लिला गिरी लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री बनिरहँदा याे परियाेजनाकाे निर्माण कार्यले गति लिनेमा रिडीवासीहरु आशावादि देखिएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरुधाम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।