Logo

२०८३, आश्विन ९गते


images
images

रुरुधामको महत्व भारतकाे गया र काँशी सरह: अध्यक्ष ज्ञवाली

रुरुधामको महत्व भारतकाे गया र काँशी सरह: अध्यक्ष ज्ञवाली

images
  • रुरुधामको महत्व भारतकाे गया र काँशी सरह: अध्यक्ष ज्ञवाली
    images
    images

    कृष्ण अन्जान, गुल्मी । सँस्कृत शिक्षालाई सम्बर्द्धन र प्रवर्द्धन गर्दै ऐतिहासिक र धार्मिक क्षेत्र रुरुधामलाई साँस्कृतिक केन्द्रकाे रुपमा विकास गर्नु पर्नेमा जाेड दिईएकाे छ । रुरुधाममा रहेको सँस्कृत तथा साधारण माध्यमिक विद्यालयको एक सय एघारौं वार्षिकोत्सब तथा अभिभावक दिवसमा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पछिल्लो चरणमा हिन्दु धर्मप्रतिकाे आस्था बढेको बताउदै रुरुधामको महत्व भारतकाे गया र काँशी सरह भएको धारणा राखे । 

    images
    images
    images

    लामाे ईतिहास बाेकेकाे रुरुधाम र यहाँ रहेको सँस्कृत शिक्षाकाे केन्द्र बिन्दु सँस्कृत माध्यमिक विद्यालयसँगै सँस्कृत माध्यमिक विध्यालयमा सन्चालित गुरुकुललाई व्यवस्थित गर्दै सँस्कृत शिक्षाकाे सम्बर्द्धन र प्रवर्द्धनका लागि रुरुक्षेत्र गाउँपालिकाले सँघ र प्रदेश सँग समन्वय गरि आवस्यक कदम चाल्ने समेत रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष यदु ज्ञवालीले बताए । 

    images
    images
    images

    वार्षिकोत्सब कार्यक्रममा आफ्नो धारणा राख्दै रुरुक्षेत्र गाउँ पालिकाका सामाजिक विकास समितिका सँयाेजक समेत रहेका वडा न ३ अध्यक्ष शेषनारायण पौडेलले सँस्कृत शिक्षाकाे विकासका लागि गुरुकुल पद्धतिलाई सँरक्षण गर्नु पर्नेमा जाेड दिए । 

    images
    images
    images

    वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्राचार्य माधव ज्ञवालीले विद्यालयको शैक्षिक प्रतिवेदन र लेखापाल चिरन्जिवि ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल वि ककाे  अध्यक्षतामा भएकाे कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विध्यार्थी हरुका साथै विध्यालयमा याेगदान दिने अभिभावक र शैक्षिक गुणस्तर कायम राख्न लागिपर्ने शिक्षकहरुलाई सम्मान र पुरस्कृत गरिएकाे थियाे ।

    वार्षिकोत्सब कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने करिब एक दर्जन शुभचिन्तकहरुले शुभकामना मन्तव्य दिएका थिए ।

    विद्यालयका शिक्षक धनन्जय भण्डारीले सन्चालन गरेकाे कार्यक्रममा शिक्षक कृष्ण भट्टराईले स्वागत गरेका थिए । 

    विद्यालयले दिएकाे तथ्यांक अनुसार कक्षा छ देखि १२ सम्म १ सय ५२ जना विध्यार्थीहरु अध्ययनरत छन भने गुरुकुलमा ३२ जना वटुकहरु आवासीय रुपमा रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरुधाम
  • # गया
  • # काँशी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।